logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसिज र आमा डेन्टल केयर क्लिनिक प्रा. लि. दमक बिच निःशुल्क दन्त शिविर संचालन गर्ने सम्बन्धि सम्झौता


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख १३ २०८०

कमल । कमलनगर जेसिज र आमा डेन्टल केयर क्लिनिक प्रा.लि.दमक बिच, कोअपरेटिभ पार्ट्नरको रुपमा दुईपक्षीय लिखित सम्झौता भएको छ । २०८० वैशाख १२ गते देखि लागू भइ मिति २०८१ वैशाख १० गते लागुहुने गरि सम्झौता भएको हो ।
आमा डेन्टल केयर क्लिनिक दमकले कमलनगर जेसिज सगको सहकार्यमा कमल गाउँपालिका क्षेत्र भित्र निशुल्क दन्त शिविर संचालन गर्ने, शिबिर सन्चालनका क्रममा आवश्यक औषधि उपलब्ध गराउने र कमलनगर जेसिजबाट सिफारिस भइ आमा डेन्टल केयर क्लिनिक दमकमा दातको उपचारका लागि जाने महानुभावहरुलाइ बढीमा २० प्रतिशत सम्म छुट दिने आदि विषयमा सम्झौता भएको कमलनगर जेसीजका महासचिव हरी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend