कमल । कमल र कमल गाउँपालिका ३ नम्वर वडा कार्यलयले आज एक कार्यक्रमका बिच कृषकलाई स्प्रे टंङ्की र हात्ति प्रभावित क्षेत्रमा साईरन र टर्चलाईट वितरण गरेको छ ।
वडा ९ वटा टोल बिकास सस्थालाई १६ लिटर क्षमताको २२ वटा ईलेक्ट्रोनिक स्प्रे ट्याकी र ३ नम्वर वडा अन्तर्गत सानुकेर्खा ,बोहोरा टोल र केर्खा बजारमा जंङ्गली हात्तिले बढी दुःख दिने भएकोले ति टोल विकास सस्थामा साईरन र टर्चलाईट वितरण गरेको वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।
वडा बाट प्रदान गरिएको स्प्रे ट्याकीे टोल विकास सस्थाले प्राप्त गरेको ट्याकीं टोलमा रहेका कृषकको आवश्यकता अनुसार प्रयोग गरिने वडा सचिव सागर दाहालले जानकारी दिनुभयो ।
त्यस्तै सोही कार्यक्रममा वडाको सिलिङ्ग बजेट बाट वडामा रहेका हात्ति प्रभावित क्षेत्रमा ८ वडा साईरन र ८ वटा टर्चलाईट वितरण गरिएको थियो ।
कमल गाउँपालिकाको ३ नम्वर वडा अन्तर्गत सानुकेर्खा ,बोहोरा टोल र केर्खा बजारमा जंङ्गली हात्तिले बढी दुःख दिने भएकोले ति टोलमा साईरन र टर्चलाईट वितरण गरेको वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।
वडा बाट प्राप्त स्प्रे ट्याकींले टोलवासी कृषकलाई आफुले लगाएको वालीमा आवश्यक परेको समयमा औषधी स्प्रे गर्न सहज हुनेछ भने रातको समयमा जङ्गली हात्ति गाउँपसेको बेला गाउँवासीलाई सुचित गर्न साईरनले ठुलो सहयोग पुग्ने सानो केर्खा टोल विकास सस्थाका अध्यक्ष लेखनाथ सुवेदीले बताउनु भयो