logo
शुक्रबार, साउन २९ २०८३

कमल १ मा विकास निर्माणको लहर फैलिदै


  • उमानाथ भण्डारी
  • सोमबार, बैशाख ११ २०८०

कमल । झापाको कमल गाउँपालिकाको वडा नम्वर १ मा पछिल्लो समय विकास निर्माणको लहरै फैदिन थालेको छ ।
गाउँपालिकाकै दुर्गम वडाको रुपमा चिनिएको वडामा पछिल्लो समय पुर्वाधारका साथै शिक्षा, कृषी र स्वस्थ्य लगायतका क्षेत्रमा विकास निर्माणले निकै फड्को मारेको हो ।
स्थानियतहको गठन पछि पहिलो पटक सम्पन्न निर्वाचन बाट यस वडाको वडा अध्यक्षमा केदार कटुवाल निर्वाचित हुनुभएको थियो भने दोश्रो कार्यकालकालागी समेत अत्याधिक मतले कटुवाल नै निर्वाचित हुनुभयो ।
अघिल्लो कार्यकालमा वडामा गरेका गतिविधीका कारण कटुवाल पुन दोश्रो कार्यकालमा समेत निर्वाचित हुनुभयो । यसले गर्दा वडाको विकास निर्माणमा अझ टेवा पुगेको स्थानिय बताउछन् ।
वडावासीलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नकालागी सहज होस भनेर स्थानिय वासी सँगको समन्वयमा निःशुल्क जग्गा उपलब्ध गराएर वडा कार्यालय भवन समेत निर्माण सम्पन्न भएको छ । कार्यालयमा केहि आन्तरिक काम सम्पन्न हुना साथ यसै महिनाको अन्त्य देखी नयाँ भवान बाट सेवाग्राहीलाई सेवा प्रदान गरिने अध्यक्ष कटुवाल ले जानकारी दिनुभयो ।
पुर्वाधार तर्फ

गाउँपालिकाकै दुर्गम वडा भएकाले वडा भित्र रहेका सबै टोल सम्म पुग्न सडक सञ्जाल नभएकाले निकै समस्या थियो । तर पछिल्लो समय वडा अध्यक्ष लगायत जनप्रतिनिधीको पहलमा वडा भित्र रहेका सबै टोल र बस्तिमा सडक सञ्जाल पुगेको छ भने यसै आर्थिक वर्षमा ५ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ ।
कृषी र पशुपालन तर्फ
वडा बासीको मुख्य पेशा भनेकै कृषी र पशुपालन हो । त्यसैले कृषी पेशामा लागेका व्यवसायीलाई चैत , बैसाख र जेठ तिन महिनामाको लागी सीचाईमा प्रगोग गरीएको विद्युत महशुलमा पचास प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ भने । सुत्केरी पशु (गाई र भैंसी) लाई पोसीलो आहारा अन्तर्गत निशुल्क रुपमा क्याल्सिय र मिनरल वितरण गर्ने गरेको छ ।
शिक्षा तर्फ
जाहाँ शिक्षा त्याहाँ विकास त्यसैले जव सम्म शिक्षाको विकास हुँदैन तबसम्म अन्य कुराले खासै महत्व राख्दैन त्यसैले वडावासी सबै जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकियोस भनेर वडामा रहेका सामुदायिक विध्यालय अन्तर्गत नरेन्द्र जनता माध्यमिक विध्यालयमा राष्ट्रपती शैक्षिक कार्यक्रम अन्तर्गत ४ कोठे पक्कि भवन निर्माणको काम सम्पन्न भएको छ भने बाँसवारी माध्यमिक विध्यालयमा समेत सोहि कार्यक्रम बाट गत आर्थिक वर्षमा ४ कोठे भवन निर्माणको काम सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा समेत निर्माण भैरहेको छ ।
त्यसैगरी नवदुर्गे आधारभुत विध्यालय र कालिका आधारभुत विध्यालको भौतिक तथा शैक्षिक गुणस्तर सुधारकालागी समेत वडा कार्यालय बाट सहयोग प्राप्त भएको कालिका आधारभुत विध्यालका शिक्षक दुर्गा प्रसाद चापागाई बताउनुहुन्छ ।


स्वास्थ्य तर्फ
स्वस्थ्यको पहुँचबाट समेत पछि परेको वडा हो यो । सामन्य रुगाँखोकी लाग्दा सिटामोल समेत पाउन मुस्किर पर्ने वडामा अहिले वडामै आधारभुत स्वस्थ्य केन्द्र स्थापना गरि वडा वासीलाई सहज रुपमा सेवा प्रदान गरिरहेको छ । त्यसैगरी वडावासीलाई वडा भन्दा वाहिर गएर उपचार गर्नुपर्ने भएमा सहज होस भनेर एक घर एक स्वस्थ्य विमामा कार्यक्रम सन्चालन गरी वडावासी सबै घरपरिवारमा वडाको तर्फ बाट स्वस्थ्य विमा गराएको छ ।
कामगर्ने ईच्छाशक्ति भए केहिले पनि रोक्न सक्दैन भन्ने भनाईलाई पछिल्लो समय कमल गाउँपालिकाको १ नम्वर वडाका जनप्रतिनिधीले प्रमाणित गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend