logo
शुक्रबार, साउन २९ २०८३

बुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको तेश्रो वार्षिक साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख १० २०८०

कमल । झापाको कमल गाउँपालिका १ स्थित बुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको आज तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२०७५ सालमा कमल गाउँपालिकामा रहेका नवोदय वहुउद्देश्यीय सहकारी सस्था पुर्व,नेपाल वहुउद्देश्यीय सहकारी सस्था र ईन्द्रणी वहुउद्देश्यीय सहकारी सस्था द्वारा प्रवद्र्धित संयुक्त सहकारी कृषि फर्मको प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भापाका प्रमुख रविन्द्र सुवेदीले तेश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।
झापा धान सुपरजोन क्षेत्र भएकोले र त्यसमा पनि कमल गाउँपालिकामा रहेको सन्चालित संयुक्त सहकारी कृषि फर्मले धान उत्पादनको क्षेत्रमा काम गरिरहेकोले चैते धान र वोरो धान विउ उत्पादन बढाउनकालागी परियोजना कार्यलय बाट सहयोग गरेको आगामी दिनमा समेत थप सहयोग गर्ने प्रमुख सुवेदीले बताउनु भयो ।
सहकारीको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिव ३० हजार ८७९ वटा भन्दा बढी प्रारभ्मिक सहकारी सस्थाहरु रहेका छन् । जसमा १९ वडा विषयगत केन्द्रिय संघ र एउटा राष्ट्रिय सहकारी बैङ्क सन्चालनमा रहेका छन् । ति सहकारीमा ७३ लाख भन्दा बढी सदस्य रहेका छन् भने मलिाको सहभागीता ५५ प्रतिशत रहेको छ ।
सहकारी स्थाहरुको कुल शेयर पुँजी ९४ अर्ब रुपैया छ त्यस्तै निक्षेप ४ खर्व ७८ अर्व रुपैया छ भने कर्जा लगानी ४ खर्ब २६ अर्व रहेको छ । सहकारी सस्थामा प्रत्यक्ष रुपमा ९१ हजार र अप्रत्यक्ष रुपमा १० लाख जनाले रोगजारी पाएको अध्यक्ष बलराम गजुरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी नवोदय वहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पारजुली, पत्रकार गोपाल झापाली लगायतले कृषिको क्षेत्रमा सहकारीले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा सहकारीको तर्फ बाट कृषिका क्षेत्रमा व्यवसायीकी करण गर्दै सुरक्षित भण्डारणमा जोडदिनुपर्ने बताउनु भयो ।
साधारण समाले अध्यक्ष, सचिव र लेखा सुपरिवेक्षण समितिका तर्फ बाट प्रस्तुत प्रतिवेदन सुझाव सहित परित गरेको थियो ।
सस्थाले ४० विघा भन्दा माथिको क्षेत्रफलमा वर्षे धान, हिउँदे धान, वोरो धान र साईलेजको लागी मकै उत्पादन गरिरहेको छ ।
कार्यक्रम सस्थाका सचिव खगेन्द्रप्रसाद भण्डारीले सन्चालन गर्नु भएको थियो भने पुर्व नेपाल वहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटाले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend