logo
शुक्रबार, साउन २९ २०८३

सुत्केरी मृत्यु घटनाका पिडतिलाई १५ लाख प्रदान


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख ८ २०८०

कमल । दमक–७ स्थित ओम मेची अस्पतालले सुत्केरी मृत्युको घटना मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिएर मिलाएको छ।

बुधबार उपचारको क्रममा मृत्यु भएकी दमक–१ की ३० वर्षीया रुबी साहको परिवारलाई १५ लाख दिने सहमति भएको अस्पतालले जनाएको छ ।रुबीको भर्खर जन्मिएकी छोरी र यसअघिका दुई छोराको पालनपोषण र शिक्षाका लागि १५ लाख दिने सहमति भएको जनाइएको हो ।

४ वैशाखमा शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी रुबीको उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो। स्वास्थ्य बिमाअन्तर्गत दमकको सरकारी अस्पताल दमक अस्पतालबाट रेफर लिएर रुबीलाई ओम मेची अस्पतालमा सुत्केरी गराइएको उनका श्रीमान मनोज साहले जानकारी दिनुभयो ।

शल्यक्रियापछि भने रुबीको रक्तचाप निरन्तर उच्च हुँदै गएको थियो । ‘योभन्दा अघि पनि दुई सन्तान छन् । यसपटक पनि सुत्केरी हुनुअघिसम्म सुगर प्रेसर केही थिएन। अप्रेसनपछि लगातार प्रेसर बढ्यो। यही प्रेसरको औषधि दिइरहेका थियौं ‘बुधबार बिहान एक्कासि साह्रो भयो। मुखबाट फिँज नै निस्कियो। अनि रेफर मागेर बिएन्डसी अस्पताल पुर्याउनुभन्दा अगाडि नै मृत्यु भइसक्यो भनेर त्याहाँका डाक्टरले जानकार िगराउनु भयो

अस्पतालले लापरबाही गरेको भन्दै बुधबार दिनभर मृतकका आफन्तले अस्पतालमै शव राखेर प्रदर्शन गरेका थिए ‘। दिनभर प्रदर्शनपछि अस्पताल प्रशासन, प्रहरी र पीडित परिवार बिच भएको छलफलले पीडित परिवारलाई १५ लाख रुपैयाँ दिने सहमति भएको थियो। तर यो समाचार तयार पार्दा सम्म अस्पताल प्रशासनले निर्णय सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले अस्पताल प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि विवाद मिलेकोबताउनु भयो ।
पीडित परिवारका अनुसार बुधबार राति नै अस्पतालले पीडित परिवारलाई १५ लाखको चेक दिएको छ । तर, अस्पतालका सञ्चालक डुण्डीराज भण्डारीले भने पैसा नदिएको दाबी गरे।‘
ओम मेची अस्पतालको सञ्चालकका रूपमा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा छन्। उनी सरकारी अस्पताल दमक अस्पतालको पनि अध्यक्ष हुन्। उनी बुधबार अस्पताल सञ्चालकको रूपमा छलफलमा थिए । उनी सहभागी छलफलले नै पीडित परिवारलाई १५ लाख रुपैयाँ दिने सहमति हो।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend