कमल । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर बाट करिब दुई किलोमिटर दक्षिणमा गएपछि ६८ वर्षिय कौशिलादेबी मगरको घरमा पुगिन्छ । जस्ताको छाना र वाँसको टाटी लगाएको सानु घरमा शारिरिक अपाङ्गता भएको ३७ वर्षिय छोरा ख्यामराज सगै कौशिला बस्नुहुन्छ ।
हेर्दा सामान्य लागेपनि त्यो घर कौशिला आफैले निर्माण गरेको होईन र घर निर्माण गर्न सक्ने आर्थिक क्षमता पनि वहाँसग छैन ।
कौशिलाको यस्तो आर्थिक अवस्था देखेर गत आर्थिक वर्षमा नगरपालिकाले फुसको छाना हटाएर जस्तापाताको छाना लगाई दिएको थियो । जस्तापाताको छाना भएपनि वरीपरी प्लाष्टिकले बारवेर गरेर मगर परिवारले जसोतसो गुजारा गर्दै आउनु भएको थियो ।
मगर परिवारको यस्तो अवस्था देखेर जीवन विकास लघुवित्त वित्तिय संस्थाले स्वयम्सेवक दिवसको अवसरमा आवास निर्माण सहयोग कार्यक्रम अन्तर्गत मगर परिवारको घर निर्माण गरिदिएको हो ।

शिवसताक्षी १ स्थित कौशीला मगरको घर
सस्थाले हरेक वर्ष बैसाख ७ गते स्वयम्सेवक दिवसका मनाउदै आईरहेको छ । सोहि अवसरमा सस्थाका १ सय ५९ वटै शाखाले आज विभिन्न कार्यक्रम गरि स्वयम्सेवक दिवश मनाएको छ । जस अन्तर्गत झापाको धरमपुरमा केन्द्र नम्वर ५९ को कौशीला मगरको २० हजार र ईलामको चुलाचुलीमा २ मा केन्द्र नम्वर ४१ का रमेश राईको २२ हजार ५ सय रुपैयाको लागतमा घर निर्माण गरेको धरमपुर शाखाका प्रमुख मनोहर हजमले बताउनु भयो ।
आम्दानीको कुनै श्रोत छैन सरकारले दिएको सामाजिक सुरक्षा भक्ता घरखर्च र छोराको उपचार गन र्मै ठिक्क हुन्छ । बर्खाको समय आउनै लाग्यो अब के गर्ने होला भनेर सोचिरहेकी थिए । पहिले जस्तै वरिपरी प्लास्टिकले बारेर बस्नु पर्छहोला जस्तो लागेको थियो सस्थाले आज वरीपरी वारेर राम्रो बनाई दिएको छ । घर निर्मामा गरिदिनुहुने सस्था र सहयोग गर्नुहुने सबैलाई कौशीलाले धन्यवाद दिनु भयो ।

वडामा यस्ता समस्या धेरै हुन्छन् । नागरिकका सबै समस्या स्थानियतहले मात्र पुरा गर्न सकिदैन निजी क्षेत्रको पनि सहकार्य उत्तिकै आवश्यक पर्छ । मगर परिवारको लागी हाम्रो तर्फ बाट गर्न सकेजति हामिले गरेका छौ बाँकि तपाईहरुले पुरागर्दिनु भयो यसमा वडा र मेरो व्यक्तिगत तर्फ बाट तपाईहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहकार्य गर्दै अगाडी बढ्न सकेमा समाज रुपान्तरण गर्ने सकिने शिवसताक्षी नगरपालिका १ नम्वर वडा अध्यक्ष लक्ष्मि प्रसाद चेम्जुङ्गले बताउनु भयो ।
सस्थाले सदस्य माझ आर्थिक कारोवारका साथै सामाजिक गतिविधि समेत गर्दै आएको छ । समाज रुपान्तरणका साथै विपन्न परिवारलाई माथि उठाउनकालागी सस्थाले विभिन्न सहयोग गरिरहेको छ ।

चुलाचुली २ स्थित रमेश राईको घर
गरिबी रहित सुन्दर नेपालको परिकल्पना लिएर सस्थाले सदस्य माझ आर्थिक का साथै अन्य विभिन्न गतिविधी गर्दै छ । समाज परिवर्तन एक्लैले सम्भाव छैन यसकालागी जनप्रनिधि र स्थानिय वासी सबैको सल्लाह सुझाव लिएरमा सस्थाले कामगर्ने छ । आज सस्थाको स्वयम्सेवक दिवसको अवसरमा सस्थाले आफ्ना १ यस ५९ वटै शाखामा सामाजिक गतिविधीका क्षेत्रमा विभिन्न काम भएका छन् । सामाजिक अभियानका साथै सस्थाले सदस्यलाई रोजगार श्रृजनाकालागी उद्यमशिलता सम्बन्धि विभिन्न कार्यक्रम समेत सन्चालन गर्दै आएको सस्थाका झापा जिल्ला प्रमुख मधुसुधन मण्डलले बताउनु भयो ।
समुदायका महिला हरुको गरिवी न्युनिकरणकालागी सस्थाले धेरै उदारणिय काम गरेको छ । आज जागिर खान नपाएका बेरोजगार महिलाहरुकालागी आफ्नै घरमा उद्यम सन्चालन गरेर आय आर्जनका लागी सस्थाले गरेको सहयोग उदारणीय भएको स्थानिय मेरीना कार्की बताउनुहुन्छ ।
सहकारी लगायत विभिन्न वित्तिय सस्थाले सदस्यहरुका बिचमा बचत र ऋण लगानी गर्नु भन्दा पनि सस्थाका संचालक समुदाय प्रति उत्तरदायित्व बन्न आवश्यक छ ।यसका साथै सदस्यलाई कसरी व्यवसायीक र उद्यमी बनाउन सकिन्छ भनेर सस्थाले गम्भिर भएर सोच्ने बेला आएको छ ।
पछिल्लो समय वित्तिय क्षेत्रमाथि विविन्न प्रकारका आरोप लागीरहेका बेला जीवन विकास लघुवित्त वित्तिय संस्थांले गरेको यस्ता सामाजीक कार्यले पक्कै पनि वित्तिय सस्था प्रति सदस्यको विश्वस बढ्नुका साथै समाज रुपान्तरणमा सहयोग पुग्ने थियो की ?