logo
शुक्रबार, साउन २९ २०८३

जनप्रतिनिधीहरुको अनुभव आदन प्रदान


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख ४ २०८०

कमल । नेकपा एमाले कमल गाउँ कमिटीले पूर्व जनप्रतिनिधी र वर्तमान जनप्रतिनिधीहरु विच अनुभव आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कमल ३ स्थित सिहंदेवी सामुदायीक भवनमा गाउँ कमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा मिशन ग्रास रुट अभियानकी अभियन्ता ईन्दू गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनपक्षिय काल देखि वर्तमान कार्यकाल सम्मका जनप्रतिनिधीहरुको सहभागीता रहेको एमाले गाउँकमिटी सचिव हरि ढकालले जानकारी दिनुभयो । वक्ताहरुले विगत देखिनै नेकपा एमालेले मात्रै जनताका समस्या संवोधन गरेको र अहिलेको अवस्थामा पनि संघीय सरकारमा एमाले प्रतिपक्षमा रहे पनि जनताको सवै भन्दा बढि अपेक्षा र भरोसा एमाले प्रतिनै रहेको बताएका थिए । कार्यक्रममा पूर्व जनप्रतिनिधीहरुले जनताका आवश्यकता र मागलाई प्राथमिकता दिएर कार्यसम्पादन गर्न वर्तमान जनप्रतिनिधीहरुलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend