logo
शुक्रबार, साउन २९ २०८३

किसान महासंघको अध्यक्षमा पुन ः दंगाल


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख ३ २०८०

दमक÷ अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महासम्मेलन बाट अध्यक्षमा पुन दंगाल निर्वाचित हुनुभएको छ ।
चैत ३० गते झापाको कमल गाउँपालिका ५ स्थित आदिबासी रंगशालामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको महासम्मेलन त्यसपछि दमक ४ स्थित दाहाल प्रतिष्ठानमा सम्पन्न भएको वन्द शत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुन डा. प्रेम दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो ।

नवनिर्वाचित उपाध्यक्ष सिवाकोटी

त्यसैगरी उपाध्यक्षमा झापाका बेनुप्रसाद शिवाकोटी दोश्रो कार्यकालका लागि पुन निर्वाचित हुन भएको छ भने अन्य उपाध्यक्षहरुमा राजकुमार उप्रेती, सुर्यबहादुर साही, खड्गबहादुर खड्का र रामशरण आले सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
यस्तै महासंघको महासचिवमा बाबुराम थापा निर्वाचित हुनुभएको छ भने सचिवमा झापाकै विश्व बराल निर्वाचित हुनुभएको छ ।
वन्दशत्रले अध्यक्षको प्रतिवेदन सहित संगठनको विधान समेत पारित गरेको छ । नयाँ कार्यसमितिको पहिलो बैठक बैशाख १६ गते काठमाडौमा बस्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend