कमल ÷ पतन्जलि योग समिति कमलले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा विभिन्न कार्यक्रमगरी बनाएको छ ।
सिंहदेवी साधना केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा दैनिक योग अभ्यास गर्नुकासाथै हवन,नृत्य तथा शुभकामना आदान प्रदानगरी गरी कार्यक्रम मनाईएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा पतन्जलि योग समिति झापा जिल्ला सदस्य तथा मिडिया प्रभारी उमानाथ भण्डारी, कमल गाउँसमिति सदस्य रविन्द्र चापागाँई,भगवती राई,ज्योति साधना केन्द्रका संयोजक मित्रलाल पोख्रेल, युवासमिति सदस्य दुर्गा अधिकारी र रत्नमाया लिम्बु, योगशिक्षक विरेन्द्र सहनी र सेलिना राई लगायतले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
“गरौं योग, बनौं निरोग” भन्ने नाराका साथ २०७१ साल फागुन २६ गते बाट तत्कालिन तोपगाछी ७ हाल कमल ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको मैदान बाट सुरु भएको योग अभियान आज बाट ९ वर्षमा प्रवेश गरेको छ ।
पतन्जलि योग समिति कमलका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन पतन्जलि योग समिति कमलका महामन्त्री तिलोचन गौतमले गर्नु भएको थियो भने कोषाध्यक्ष मोहनलाल खनालले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।