logo
शुक्रबार, साउन २९ २०८३

अखिल नेपाल किसान महासंघको ७ औ राष्ट्रिय महासम्मेलनको तयारी पुरा


  • मनकुमार गदाल
  • मंगलबार, चैत्र २८ २०७९

दमक ।अखिल नेपाल किसान महासंघको ७ औ राष्ट्रिय महासम्मेलनको तयारी पुरा भएको जनाएको छ
किसान महासंघको राष्ट्रिय समितिले आज दमक ४स्थित कृष्ण मन्दिरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चैत ३०र२०८० बैशाख १ गते हुने राष्ट्रिय महासंघ सम्मेलनको तयारी पुरा भएको जनाएको हो । चैत ३०गते कमल गाउँपालिका स्थित आदिवासी रंगशालामा हुने उद्घाटन कार्यक्रमको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने किसान महासंघ अध्यक्ष डाक्टर प्रेम दंगालले जानकारी दिनुभयो ।
बैशाख१ गते किसान महासंघको बन्द सत्र दमक ४स्थित दाहाल प्रतिष्ठानमा हुने अध्यक्ष दंगालले बताउनु भयो । किसान महासंंघको कार्यक्रमको पत्रचार, स्टेज तयारी र प्रतिनिधिहरु बस्ने आवासको प्रवन्ध लगायतका काम सकिएको कमल गाउँ पालिकाका पूर्व उपाध्यक्ष तथा किसान नेता बेनु शिवाकोटीले बताउनु भयो ।
भोली चैत २९ र ३० गते झापाको झिलझिलेमा हुने दक्षिण एसियाली किसानहरुको क्षेत्रीय सम्मेलनमा नेपाल ,भारत , वंगालदेश, पाकिस्तान र श्रीलंकाका ७५ जना किसान नेता सहभागी हुने आयोजकले जनाएको छ ।पत्रकारको जिज्ञासामा यस सम्मेलनले दक्षिण एसियामा कृषि क्षेत्रमा देखिएको समस्याहरुको विषयमा ब्यापाक छलफल गरी साझा घोषण पत्र जारी गर्ने अध्यक्ष दंगालले बताउनु भयो ।
किसान महासंघको महासम्मेलनले कृषि क्षेत्रमा देखिएको समस्याहरुको सामधान खोज्ने , किसान मैत्री निति तय गर्ने, कामको समिक्षा ,आगामी ४वर्षका लागि किसान आन्दोलनको मार्गनिर्देशन गर्ने उहाँले बताउनु भयो । प्रत्येक जिल्लावाट कम्तीमा३ देखि बढीमा १२ जना प्रतिनिधि,विभिन्न विषयगत उत्पादक किसान संघ र सामुदायिक किसान संघका प्रतिनिधि सहभागी रहने किसान नेता बेनु शिवाकोटीले जानकारी दिनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend