कमल । अखिल नेपाल महिला संघको सातौ राष्ट्रिय सम्मेलन बाट उपाध्यक्षमा झापाकी मेनुका काफ्ले पोख्रेल निर्वातिच हुनुभएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य समेत रहनु भएकी काफ्लेले यसअघीको स्थानिय सरकारमा कमल गाउँपालिकाको अध्यक्ष का साथै अनेमसंघको केन्द्रिय सचिव र प्रदेश संयोजक भएर सफलता पुर्व काम गरि सक्नुभएको छ ।
त्यसैगरी संघको अध्यक्षमा टुका हमाल उपाध्ययमा शर्मिला कार्की, डाक्टर बिमला राई पौडेल, रूक्मनी राना, मेनुका पोख्रेल, सुमित्रा बि.सी. समेत सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
त्यस्तै महासचिवमा पेम्वा लामा, उपमहासचिव शान्ति अधिकारी र कोषाध्यक्ष ईन्दिरा फुयल सर्बसम्मत निर्वाचित हुनु भएको हो ।
झापाबाट निर्बाचित केन्द्रीय सदस्यहरु सुमित्रा भण्डारी, टीका घिमिरे र अम्बिका राजवंशी समेत निर्वाचित हुनुभएको हो ।