logo
शुक्रबार, साउन २९ २०८३

पातञ्जल योग समिति दमक नगर समिति द्वारा योग साधन, खानपान तथा जीवनशैलीका विषयमा अन्तरक्रिया


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र २२ २०७९

कमल । पातञ्जल योग समिति नेपाल दमक नगर कार्यसमितिको आयोजनामा योग साधन, खानपान तथा जीवनशैलीका विषयमा दुई दिवशीय अन्तरक्रियात्मक योग साधन सम्पन्न भएको छ ।
दमक ७ स्थित पौड्याल वंशोद्धार प्रतिष्ठनको सभाहलमा सम्पन्न योग साधनलाई पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष सुवर्णलाल चित्राकारले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा आशन प्रणायामका साथै नौली, ध्यौती,कपालभाती जलनेती लगायतका बारेमा प्रशिक्षण दिनुहँदै खानपान र जीवनशैलीका विषयमा चित्राकारले सहजीकरण गर्नु भएको थियो ।
पछिल्लो समय खानपानका साथै नियमित योग नगरेका कारण विभिन्नरोग लाग्ने गरेको छ । यस बाट बच्नकालागी दैनिक रुपमा योग गर्नुका साथै खानपानका समेत ध्यान दिनुपर्ने चित्रकारले उपस्थित सबैमा अनुरोध गर्नु भयो ।
पातञ्जल योग समिति नेपाल दमक नगर कार्यसमितिकाका अध्यक्ष हेमन्ति गजुरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend