कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको कमल गाउँपालिका ५ स्थित आदिबासी रंङ्गशाला निर्माणकालागी छिटो प्रक्रिया अगाडी बढाउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने बताउनु भएको छ ।
रंङ्गशाला निर्माणकालागी प्रदेश सरकार बाट विनियोजन भएको १ करोड रुपैया बाट पहिलो चरणमा रंङ्गशालाको डि.पि.आर, गेट र घेराबारा निर्माणकालागी सम्बन्धित मन्त्रालय मार्फत शहरी बिकास बोर्डमा पत्राचार गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई सहितको प्रतिनिधी मण्डलको भेटमा मुख्यमन्त्री कार्कीले बताउनु भयो ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर ५स्थित साधु होली जानकालागी चाँजु खोला झोलुङ्गे पुल निर्माणको प्रकृया चाँडो अघि बढाउने र गाउँ पालिकाको भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा,खानेपानी, खेलकुदका क्षेत्रमा समेत आवश्यक सहयोग गर्ने मन्त्री कार्किले प्रतिवद्धता जनाउनु भएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो ।
त्यसैगरी गाउँपालिको प्रतिनिधी मण्डलका साथमा कोशी प्रदेशका सामाजिक बिकाश मन्त्री बुद्धि कुमार राजभण्डारी, सडक पु्र्वाधार तथा सहरी बिकाश मन्त्री दुर्गा प्रसाद चापागाई, खानेपानी सिचाई तथा उर्जा मन्त्री तिल कुमार मेन्याङबो मुख्यमन्त्री सचिवालयका निजि सचिव सुवास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।