logo
शुक्रबार, साउन २९ २०८३

आगलागी,विद्युत सर्ट लगायतका घटना न्युनिकरण गर्न पालिका वासी सबैको रचनात्मक सहयोगको आवश्यक ः अध्यक्ष राई


  • उमानाथ भण्डारी
  • शनिबार, चैत्र १८ २०७९

कमल÷ कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आगलागी,विद्युत सर्ट लगायतका विभिन्न प्रकृतिक प्रकोपका घटनालाई न्युनिकरणकालागी पालिका वासी सबै संग रचनात्मक सहयोगको अपेक्षा गर्नु भएको छ ।

पछिल्लो समय गाउँपालिकाको तथ्याङ्क, अनुसार कतिपय घटना प्राकृतिक कारणले र कतिपय घटना भुलबश, पर्याप्त साबधानी र सतर्कता नअपनाएका कारण र बिद्युत जडानमा भएको त्रुटीका कारण आगलागी लगायतका घटना हुने गरेको र जसकार कारण ठुलो मात्रामा जनधनको क्षति हुने गरेकोले त्यसलाई न्युनिकरण गर्न पालिका वासी सबै संग रचनात्मक सहयोगको अपेक्षा गरेको अध्यक्ष राईले बताउनु भयो ।
स्थानियतहका जनप्रतिनिधीले दोश्रो कार्यभार सम्हाले यता अहिले सम्ममा घर, गोठ, परालको कुन्यु र बिजुलीको पोलमा गरि जम्मा २६ ठाउँमा आगलागी भई पुर्ण क्षति भएको जसका कारण ठुलोमात्रामा धनजनको क्षती भएको गाउँपालिकाले जनाएको छ । त्यस्तो घटना घटेको स्थानमा गाउँपालिकाका जनप्रतिनिधि घटना स्थलमै पुगेर घटनाको प्रकृती अनुगमन र अनुशन्धान गरी आवश्यक सहयोग गर्ने गरेको छ ।

विशेषगरी चैत्र,बैशाख,जेठमा खडेरी , हावा, हुरि बतास, चट्टयाङ्ग जस्ता घटना चल्ने समय भएकाले आम गाउँवासीलाई चनाखो हुदै केटाकेटिले भेट्ने र देख्ने ठाउँमा सलाई, लाईटर जस्ता ज्वलनशील समानहरु नराख्न आफुले बालेको चुलो, ग्यास, चुरोट बिडीका ठुटो राम्ररी निभाउ समेत अध्यक्ष राईले सम्पुर्ण गाउँवासी संग अनुरोध गर्नु भएको छ ।
त्यस्तै घटनालाई न्युनिकरण गर्नकालागी टोल विकास समिति, बिधालय परिवार, कमल रेडक्रस परिवार, कमल उद्योग बाणिज्य संघ, कमलनगर जेसीज परिवार, लखनपुर लायन्स क्लव परिवार, सामाजिक संघ सस्था तथा क्लव , नागरिक समाज, बुद्धिजिबी, जेष्ठ नागरिक, संचारकर्मि लगायत सबैमा यस किसिमका सार्वजनिक हित र आम जनचेतनाका लागि आफ्नो आफ्नो ठाउँबाट रचनात्मक भुमिका निर्वाह गरिदिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।
कुनै कारणवस आगलागी लगायतका घटना घटेमा गाउँपालिकाको बारुण यन्त्र , नजिकको प्रहरी कार्यलय, वडा कार्यलय, कर्मचारी तथा जनप्रतिनिधिहरुलाई सोझै फोन सम्पर्क गर्न समेत अध्यक्ष राईले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend