logo
शुक्रबार, साउन २९ २०८३

पहिचानवादी द्धारा कमल गाउँपालिकामा तालावन्दी


  • उमानाथ भण्डारी
  • शुक्रबार, चैत्र १७ २०७९

कमल । कोशी प्रदेश नामकरणको विषयमा विरोध जनाउदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रवार झापाको कमल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश न.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् ।

विभिन्न ठाउँबाट सहभागि भएका आन्दोलनकारीहरुको एक समूहले चर्का नाराजुलुस गरि कार्यालयको चेनगेटमा कालोझण्डा गाड्नुका साथै तालावन्दी गरेका थिए । तालावन्दी गर्न पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङ,जसपा झापाका अध्यक्ष दिपेनवाला राई लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो । आन्दोलनकारीले पालिकाका सवै कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका थिए ।

उनीहरुले पालिकाको कार्यालयसहित कमल २, ३ ,४ , ५ ,६ र ७ वडा कार्यालयमा पुगेर तालावन्दी गरिएको आन्दोलनकारी नेता थाम्सुहाङले जानकारी दिनुभयो ।

गाउँपालिकामा तालावन्दीका क्रममा केहिबेर प्रहरी र आन्दोलनकारीवीच ठेलमठेल बन्न पुगेको थियो । तालाबन्दी पछि पालिकासहित वडा कार्यालयका दैनिक कामकाज प्रभावित हुन पुगेको थियो ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेसँगै राजनीतिक दलसंगै पहिचानवादीहरु शान्तिपूर्ण रुपमा आन्दोलित रहेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend