विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमागर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजनातर्फ ध्यान दिन स्थानीयतहका जनप्रतिनिधिहरुलाई निर्देशन गर्नु भएको छ ।
मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशीप्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावीरुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमाखर्च गर्न नहुने बताउनुभयो । अहिलेकै गतिमा सडक, पुल र भवननिर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट पार्नुभयो ।
पुँजीगतखर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दापनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्णा बढाउने किसिमका योजनामा लगानी नगर्न आग्रह गर्नुभयो ।
त्यस्तै गोरुगाडा देखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामाल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनिदायरा बढाउने तर्फ ध्यानदिनुपर्ने कार्कीले बताउनुभयो ।
अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीयतहलाई बलियो बनाउने र स्थानीयतहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ । मुख्यमन्त्रीकार्कीले भन्नुभयो – ‘गाउँपालिकाहरुलाई एक भन्दापनिदुई वा सो भन्दा बढी पालिका सहभागिहुने सामुहिक योजनानिर्माणमा ध्यानदिनुहोस, त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहने छ ।’
उहाँले मुलुक सङेघीयतामा गएसँगै विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँचवर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो