logo
शुक्रबार, साउन २९ २०८३

सहाराका सदस्यलाई एक लाख मृत्यु राहत प्रदान


  • उमानाथ भण्डारी
  • बिहिबार, चैत्र ९ २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ ।

कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सदस्य वा सदस्यको श्रीमानको मृत्यु भएमा लिएको कर्जा सम्पुर्ण मिनाहा हुने भएकोले सोहि बापत सेवा केन्द्र प्रमुख विकास गिरी र सेवा केन्द्र सहयोग उपसमितिका सदस्य उर्मिला रिजाल बुधवार गङ्गाको घरमै पुगेर सो रकम प्रदान गर्नु भएको साकोस केर्खाका कर्मचारी कुल प्रसाद प्रसाईले जानकारी दिनु भयो ।

साहारा नेपाल साकोसको केर्खा सेवा केन्द्रबाट  बुधबार खबास निवासमा गएर एक लाख रुपैया प्रदान गरेको हो । सेवा केन्द्र प्रमुख विकास गिरी र सेवा केन्द्र सहयोग उपसमितिका सदस्य उर्मिला रिजालले उक्त रकम प्रदान  गर्नुभएको हो ।

सहारा नेपाल साकोस केर्खाका कर्मचारी कूलप्रसाद प्रसाईले दिएको जानकारी अनुसार गंगाका श्रीमानको फोक्सो तथा पेट सम्बन्धी रोगका कारण करिब दुई महिना अगाडि मृत्यु भएको थियोे ।

श्रीमानको मृत्युपछि अब सहकारी बाट दिएको कर्जा कसरी तिर्ने भन्ने चिन्ताले गंगालाई सताउन थालेको थियो । सोही समयमा सहकारी बाट प्राप्त रकमले ठुलो राहात मिलेको वहाँले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend