शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका ६ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र सि.एस.सि.आई एजुकेसन फाउण्डेसको आयोजनामा सञ्चालित ३० दिने निःशुल्क लोक सेवा तयारी कक्षा एक औपचारीक कार्यक्रम विच सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्वर ६ स्थित जनआर्दश माविको सभाहलमा सञ्चालित उक्त तालिममा ५० जना सहभागि रहेको थिए । कार्यक्रमका प्रमुख अतिथी ६ नम्बर वडाध्यक्ष मनोज खुलालले कार्यक्रममा बोल्दै सरकारी सेवामा युवाको आकर्षण बढाउन साथै लोक सेवा तयारीका नाममा नै काठमाडौँ,विराटनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै स्वदेशमा नै बसेर सिप र क्षमता विकास गरि युवाहरुलाई केही गर्न सक्षम बनाउने उद्देश्यका साथ यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
तालिम समापनमा कार्यक्रममा वडा सचिव विमल बास्कोटा ले निजामती सेवा प्रवेश गर्दाका आफ्ना अनुभवहरु सुनाएर विद्यार्थीहरुलाई उत्प्रेरित बनाउनु भएको थियो । कार्यक्रममा वडा सदस्य,शिवगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापकहरु,समाजसेवी,रेडक्रसकर्मी हरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम सि.एस.सि.आई का प्रिन्सीपल राजु गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।