कमल ÷ हामिले आफ्नो अधिकार खेजिरहँदा आफ्नो कर्तव्य विर्सिएको नेकपा एमालेकी केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य ईन्दु गौतमले बताउनु भएको छ ।
सो कुरा आज राष्ट्रिय युवासंघ नेपालको दोश्रो कमल गाउँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य ईन्दु गौतमले बताउनु भएको हो ।
हामि जहिलै पनि आफु भन्दा माथिल्लो तहका वा समकक्षी नेताहरुको कमिकमजोर पर्याप्त मात्रमा औल्याउने गर्दछौं । आफुले थाहा पाएर पनि त्यो गल्ति गरिरहेका हुन्छौ । नेकपा एमाले आम जनताको प्यारो पार्टी भएपनि आफ्नै आन्तरिक विवादका कारण पर्टी पछाडी परिरहेको छ त्यसैले अहिले मिसन ग्रास रुट सन्चालन गर्नु परेको केन्द्रिय सदस्य गौतमले बताउनु भयो ।
युवाहरु आन्दोलको मैदानमा जानेगरीको कार्यक्रम बनाएका छौ । युवा संघ, अनेरास्ववियु लगायतका युवा संगठनका शक्तिलाई राजनिति अभियान जाने तयारीको कार्यक्रम बनाएका छौ । युहरुले अब पाटीको विरासत थाम्नेगरी काम गर्ने बेला आएको छ । पार्टीमा चुनौती धेरे छन्, अब नयाँ ठङ्गले अभियान सन्चालन गर्दै युवहरु अगाडी बड्नु पर्ने नेकपा एमाले जिल्ला कमिटी झापाका सचिव शिव ढुङ्गेलले बताउनु भयो ।
संगठनलाई सुदृढीकरण गर्ने क्रममा हामिले धेरै समस्या भोगेका छौ । जब अधिबेशन को समय हुन्छ तब नेतृत्व चयनमा होडवाजी चल्छ । यसले संगठनलाई फाईदा गर्दैन त्यसैले अधिवेशनको बेला सवल र सक्षम नेतृत्व छनौटमा युवाहरुको भावना विपरित का गतिविधी नगर्न पाटीका नेतालाई राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी संयोजक फुर्वा लामाले अनुरोध गर्नु भयो ।
अवका युवाहरुमा नविनता सृजनसिलता, गतिशिलता हुन आवश्यक छ समय जस्तै युवाहरु पनि परिवर्तन हुनुपर्छ । पार्टीले पनि युवा माथी धेरै आश गरेको हुनाले पार्टीलाई आवश्यक परेको बेला युवाले जहिलै अग्रभागमा रहेर पार्टीलाई सहयोग गर्नुपर्ने हुन्छ त्यसैले कमिटीमा सवल र सक्षम युवाहरु आउनुपर्ने राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य अनिता कन्दङ्गवाले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्र ,प्रदेश,जिल्ला ,गाउँ तथा वडा किमिटी सम्मका नेताहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय युवासंघ नेपाल कमल गाउँ कमिटीका अधयक्ष प्रकास आङ्गोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव आशिश निरौलाले सन्चालन गर्नु भएको थियो भने राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटी सदस्य तथा कमल ईन्चार्ज जिवन सापकोटाले शाब्दिक शाब्द द्वारा स्वगत गर्नु भएको थियो ।
युवासंघ कमलको अध्यक्षमा आङ्गवो

राष्ट्रिय युवासंघ नेपाल कमलको दोश्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
आज सम्पन्न अधिवेशन बाट प्रकास आङ्गवोको अध्यक्षतामा ३६ सदस्य कमल गाउँ कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा आशिष निरौला, सचिव सागर रेग्मी, सह सचिव अरुष दास र बिनोद भट्टराई , कोषाध्यक्ष स्मृति सुब्बा सर्बसम्मत चयन हुनुभएको नव निर्वाचित उपाध्यक्ष आशिष निरौलाले जानकारी दिनु भयो ।
त्यसैगरी सदस्यमा पुजा राई, विजय खतिवडा,राजेश गजुरेल, डिल्लि बुढाथोकी,,मोहन कुमार कार्की,लेखनाथ पौडेल,अशोक कार्की,मिलन धिताल,शैलेश काफ्ले,प्रदिप तिवारी,अभिराज लावती,नविन भट्टराई,विक्रम राई,सुजन सुवेदी,सुमन खड्का,अनुरोध पौडेल, डिमान्ड लिम्बु,डम्बर श्रेष्ठ,शैलेन्द्र कार्की,कृतिका पराजुली,चित्र बहादुर कार्की,कमल दर्लामी मगर,मिलन निरौला,जनेन्द्र सुब्बा,तुफान आचार्य,राजन रावल,कमल दंगाल र गोगेश राई समेत सर्व सम्मत चयन हुनु भएको उपाध्यक्ष निरौलाले बताउनुभयो ।