logo
मंगलबार, कार्तिक ११ २०८३

कदम थिएटर “लङ टाईम नो सी” भन्दै छ


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन २७ २०७९

दमक । कदम थिएटरले दमक ९ स्थीत पाङ्वाईला हिम्मा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् ।
पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ । भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कुरा कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् । दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ ।
नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी उप्रेती, शिखर लाम्गादे लगायतका कलाकारहरुको अभिनय छ भनेँ युसन वान्तावा राई र सुजन भण्डारीको प्रत्यक्ष वाद्यवादन रहनेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend