logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत कमल ३ मा कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन २५ २०७९

कमल । नेकपा एमालेले सन्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान सन्चालन गर्ने क्रममा आज कमल गाउँपालिकाको ३ नम्वर वडामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टी सुदृढीकरण गर्दै आगामी दिनमा पार्टी गर्ने योजनाका बारेमा प्रदेश सल्लाकार कमिटी सदस्य चन्द्र पोख्रेलले जनाकारी गराउनु भएको थियो । वहाँका अनुसार आगामी बैशाख ९ गते (मार्च २२) का दिन पार्टी स्थापना भएको ७३ वर्ष पुराभई ७४ वर्ष लाग्ने छ । सो दिन सम्मा सबै पार्टी सदस्यताले नविकरण गरिसक्नु पर्ने छ भने टोल,वडा , गाउँकमिटी र जनवर्गिय संगठन पुनर्गठन गरी नव गठीत कमिटीका सदस्यलाई अन्तरकृयात्मक प्रशिक्षण समेत गरि सक्नुपर्ने पोख्रेलले जानकारी दिनुभयो ।
वडा कमिटी अध्यक्ष राम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा र मदन अधिकारी, जिल्ला कमिटी सदस्य चक्रबहादर गुरुङ्ग लगायतले पार्टीको बर्तामान अवस्था र आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम वडा कमिटी सचिव मनोज गुरुङ्गले सन्चालन गर्नु भएको थियो भने गाउँकमिटी सदस्य तथा ३ नम्वर वडा ईन्चार्ज छत्र फागोले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend