कमल ÷ हरेक वर्ष मार्च ८ तारिको दिन विश्व ं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाउने गरिन्छ । यो दिवश संसारभरका महिलाहरु एकै दिन विभिन्न कार्यक्रम गरी मनाउन गर्दछन् ।
“लैङ्गिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधीमा महिला पहुँचको बिस्तार” भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाईएको छ ।
यसैक्रममा आज शिवसताक्षी नगरपालिका ८ झिलझिले बाट प्रकाशन हुने सतासी सतप्ताहिक खबरपत्रीका र गोर्खाली हर्ट नेपाल झापाको संयुक्त आयोजनामा उत्कृष्ट बुहारीलाई सम्मान गर्दै महिला दिवश मनाएको छ ।
परिवारका चार पुस्ता सम्ममा सदस्यलाई हेरचाहा , स्याहार सुसार गर्दै परिवारका सबै सदस्य संग मिठो बोली बचनले आफ्नो कर्तव्य पुरा गर्नुका साथै छरछिमेकी र ईष्टमित्र संग समेत सुमधुर सम्बन्ध कायम गर्दै आउनु भएकी शिवसताक्षी नगरपालिका निवासी शोभा दवाडी र ईन्द्र कुमारी आङ्गदेम्बे चेम्जुङ्गलाई नगद सहित दोसल्ला सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।
हाम्रो लाडाई पुरुष सग होईन समाजमा महिला र पुर बिचको लडाई भन्दा पनि समाजमा भएका विक्रिति र विसंगती विरुद्ध हाम्रो लडाई हो । समाजमा भएका राम्रा कुरालाई अगाडी बडाउदै नकारातमक कुरालाई परिवर्तन गर्न जनु पर्छ तव मात्र हामी समान रुपमा अगाडी बढ्न सकिने शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्कीले बताउनु भयो ।
समाजमा रहेका र यस्ता उदाणरीय काम गर्ने महिलालाई सम्मान गरेर तपाईहरुले समग्र महिलालाई सम्मान गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु । गर्त वर्ष पनि सतासी सतप्ताहिक खबरपत्रीका र गोर्खाली हर्ट नेपालले यस्ता कार्यक्रम गर्नु भएको थियो । यस वर्ष पनि गर्नु भयो यस्ता कार्यक्रमले समाज परिर्वनकालागी राम्रो सहयोग पुग्ने छ । आगामी दिनमा यसलाई अझ भव्य र सभ्य बनाउदै लान जिल्ला समन्वय समिती झापाकी सदस्य जुनु महराले बताउनु भयो ।
कार्यक्रममा सताक्षीधाम जेसीज वर्ष २३ का अध्यक्ष निर्मला प्रधान, नेपाल रेडक्रस सोसाईटी उपशाखा शिवसताक्षीका सभापती गोविन्द काफ्ले, सैसव मञ्च नेपालकी महासचिव विध्या सिग्देललगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो
सतासी साप्ताहिक खबरपत्रीका अध्यक्ष योगेन लावतीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका सम्पादन सेलिङ्ग केसीले कार्यक्रमको उद्येश्य माथी प्रकास पर्नु भएको थियो भने गोर्खाली हर्ट नेपालका सदस्य योगेन थेबेले शाब्दिकीशब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो त्यसैगरी कार्यक्रमको सन्चालन आकृति तिम्सिनाले गर्नुृ भएको थियो ।