logo
शुक्रबार, साउन २९ २०८३

मरमावीमा अग्रेजी भाषामा निवन्ध लेखन र प्रस्तुती


  • कुइनेटो न्युज
  • सोमबार, फाल्गुन २२ २०७९

कमल ÷ कमल गाउँपालिका २ समयगढ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयमा गठीत महेन्द्र रत्न बालक्लबको आयोजना तथा साहित्य चौतारी बिर्तामोडको प्रायोजनमा निबन्ध लेखन र प्स्तुती करण प्रतियोगिता सम्पन्न भएको छ । चौतारी बिर्तामोडको प्रायोजनमा अग्रेजी भाषामा निवन्ध लेखन र प्रस्तुती करण प्रतियोगिता सम्पन्न भएको छ ।

विध्यालयमा गठित महेन्द्र रत्न बालक्लबको आयोजना तथा साहित्य चैतारी बिर्तामोडको प्रायोजनमा आइतबार सम्पन्न कार्यक्रममा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा अङ्ग्रेजी भाषामा निबन्ध लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि १२ सम्मका सबै विद्यार्थीहरूलाई अनुशासन शर्षिकमा ५० मिनेटको समय दिएर आ आफ्ना कक्षामा निबन्ध लेख्न लगाइएको थियो ।
विद्यार्थीहरूले कक्षामा लेखेका निबन्धहरूमध्ये उत्कृष्ट ९ ओटा निबन्ध छनोट गरी प्रस्तुति गराईएको थियो । विद्यालयको इतिहासमा पहिलो पटक अङ्ग्रेजी भाषामा सञ्चालन गरिएको उक्त निबन्ध प्रतियोगिताको मूल्याङ्कन ,घोषणा तथा सभाध्यक्षको मन्तव्य लगायत कार्यक्रम समेत अग्रेजी भाषा बाट गरिएको थियो ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय तथा चतुर्थ स्थान प्रथम स्थान क्रमश प्रतिमा थापा, कक्षा ९, गोमा श्रेष्ठ, कक्षा ११ ,दिलशा विक कक्षा १२ र नेन्सी श्रेष्ठ, कक्षा ९ हुनुभएको विध्यालयले जनाएको छ ।
प्रतियोगीमा उत्कृष्ट छात्रछात्राहरूलाई पुरस्कार बापत नगद ४ सय ३सय , २सय र १सय रुपैया प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी सबै विध्यार्थिलाई स्टेसनरी प्रदान गरिएको विध्यालयबा शिक्षक बिजय कुमार अधिकारीले जानकारी दिनुभयो ।

बालक्लबका उपाध्यक्ष मानव सापकोटाको अध्यक्षता, तथा विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाको प्रमुख आतिथ्य तथा सहायक प्रधानाध्यापक हिमालय कोइरालाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने निर्णायकमा सहायक प्रधानाध्यापक हिमालय कोइराला र शिक्षक सुवास ढकाल रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन बालक्लबकी अध्यक्ष अतिक्षा मुखियाले गर्नु भएको थियो भने बालक्लबकी सचिव सोनिया श्रेष्ठले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend