logo
शुक्रबार, साउन २९ २०८३

दोश्रो दमक सुपर—सिक्स प्रतियोगिता क्रिकेट टुर्नामेन्ट २०७९ को उपाधी दमक क्रिकेट क्लवलाई


  • उमानाथ भण्डारी
  • आइतबार, फाल्गुन १४ २०७९

कमल÷ विहानी क्रिकेट ग्रुप दमकको आयोजनामा सन्चालिन दोश्रो दमक सुपर—सिक्स प्रतियोगिता क्रिकेट टुर्नामेन्ट २०७९को उपाधी दमक क्रिकेट क्लव दमकले जितेको छ ।
धुलावारी क्रिकेट क्लव धुलावारीलाई ४ विकेट हराउदै दमक क्रिकेट क्लव दमकले विजयी हासिल गरेको हो ।
दमक क्रिकेट क्लवले उपाधी जिते संगै नगद २५ हजार ५५१ तथा द्वतिय हुने धुलाबारीले १५ हजार ५५१ रुपैया नगद सहित ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक समिती सदस्य मनिस पौडेलले जानकारी दिनुभयो ।
कमल गाउँपालिका ५ स्थित आदिवासी रङ्गशालामा संचालन भएको प्रतियोगितमा धुलावारी क्रिकेट क्लवले निर्धारित ओभरमा ६ विकेट गुमाएर ६४ रन बनाएको थियो । जसमा धुलावारी क्लवका कप्तान अंकित सुबेदीले अविजीत ४५ रन बनाउनु भएको थियो भने दमक क्रिकेट क्लव दमकका बलर सुजर न्यौपानेले ५ रन खर्चेर २ विकेट र ज्ञानेन्द्र श्रेष्ठले र निरज शाहाले एकएक विकेट लिएर थिए । दमकका तर्फ बाट सुरज न्यौपानेले २९, रोशन थापाले ११ , जिवय तामाङ्ग १५ र कुमार खड्काले अविजित दुई चौका प्रहार गरेर टिमलाई विजयी गराउनु भएको हो ।
म्यान अफ द म्यान मा अंकित सुवेदी ,सनुशासित टिममा गारामुनी त्रिकेट क्लव, वेस्ट बिकेट किपर सुरेन्द्र राजंशी, वेस्ट बलर शिव राजवंशीले हातपार्न सफल हुनुभएको थियो ।
क्रिकेट टुर्नामेन्टमा झापा र मोरङ्गका १६ वटा टिम सहभागी रहेका थिए । शुक्रवार बाट सुरु भएको प्रतियोगिताको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले व्याटिङ्ग र वडा नम्बरकाका अध्यक्ष टेक बहादुर थापाले वलिङ्ग गरेर टुर्नामेन्ट उद्घाटन गर्नु भएको थियो ।
मनोरन्जन गर्दै क्रिकेटलाई विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । क्रिकेटको भविश्य राम्रो भएपनि यसलाई स्थानिय सरकारले सहयोग नगरेकाले क्रिकेटको विकास हुन सकेको छैन । यसतर्फ स्थानिय सरकारले ध्यान दिन आवश्यक रहेको प्रतियोता आयोजक समितिका संयोजक राजकुमार गुप्ताले बताउनुभयो । हिजो सम्पन्न प्रतियोगितमा समुह “ए” बाट दमक क्रिकेट क्लव फाईनलमा पुगेको थियो भने आज भएको खेलमा समुह “बि” बाट धुलावारी क्रिकेट क्लव फाईनलमा पुगेको थियो ।
.

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend