logo
शुक्रबार, साउन २९ २०८३

झापाली समाज यु.एस.ए. तथा झापा जिल्ला सहकारी संघ द्वारा विध्यार्थिलाई छात्रवृत्ति प्रदान


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन १३ २०७९

आशिका परापुली

कमल ÷ गाउँमा रहेर गरिवीका कारण पढाइमा बाधा नपुगोस् भन्ने उद्येश्यले झापाली समाज यु.एस.ए. तथा झापा जिल्ला सहकारी संघ र संघमा आवद्ध सहकारी सस्थाहरको आर्थिक सहयोग तथा समन्वयमा विध्यार्थिलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आर्थिक अभावका कारण विध्यालयको पढाईलाई नियमित गर्न नसकेका विध्यार्थि छनौट गरी झापा जिल्लाका १५ वटै पालिकाका ६५ जना विध्यार्थिलाई दोश्रो किस्ता वपतको प्रति विध्यार्थि १० हजारका दरले सम्बन्धित विध्यालयमा नै पुगेर छात्रवृत्ति प्रदान गरेको छ भने पहिलो किस्ता वापत प्रति विध्यार्थि ११ हजार रुपैया शैक्षिकशत्र सुरुहुनासाथ प्रदान गरिएको थियो ।
छात्रवृत्ति वितरण गर्ने क्रममा कमल गाउँपालिकामा ३ स्थित नवोदय वहुउद्देश्यीय सहकारी सस्थाको समन्वयमा वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यामिक विध्यालयमा कक्षा ७ मा अध्यायनरत छात्रा आशिका पराजुली र वडा नम्वर २ स्थित कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयमा कक्षा ४ मा अध्यायनरत छात्र दोर्जे बमजन र कक्षा ८ मा अध्यायनरत छात्रा सरोजा नेपाललाई दोश्रो किस्ता बापतको प्रति विध्यार्थि दश हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको नवोदय वहुउद्देश्यीय सहकारी सस्थाका व्यावस्थापक फणिन्द बहादुर कार्कीले जानकारी दिनुभयो ।

सरोजा नेपाल
विध्यालयमा अध्यायनरत गरिव तथा जेहन्दा विध्यार्थिको पैचान गरी गरिवीका कारण विध्यालयको पढाईमा बाधाअवरोध नपुगोस भनेर यो छात्रवृत्ति प्रदान गरिएको हो र विध्यार्थिले मेहनत र लगनशिल भएर अध्यायनगरेमा स्नातक सम्मको लागी छात्रवृत्ति प्रदान गरिने नवोदय वहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले बताउनु भयो ।

                                                                                       दोर्जे बमजन
कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयमा कक्षा ७ मा अध्यायनरत सरोजा नेपाल हजुरुमा आमा संग बस्तै आउनु भएको छ । वहाँका बुबा आमा भारतमा रोजगारीमा हुनुहुन्छ । सरोजा सहित चार जना नातिनीलाई पालन पोषण गर्दै आउनु भएकी दिलमाया देवी कार्की छात्रवृत्ति बाट प्राप्त रकमले थोरै भएपनि सहयोग पुग्ने बताउनुहुन्छ ।
विनीता माताङ्गका चार भाई छोरा एउटै स्कुलमा अध्यायनरत छन् । जेठोछोरा कक्षा ९ माईलो कक्षा ७ ,साईलो कक्षा ४ र कान्छो छोरा कक्षा २ मा पढ्दै छन् । श्रीमान प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका श्रमिक छन् । चारचार भाई छोरालाई पढाउन निकै समस्या थियो तर साईलो छोरा दोर्जेलाई आएको छात्रवृत्तिले सबैलाई खर्च गर्ने गरेको विनिता तामाङ्ग बताउनहुन्छ ।
सिता पराजुली आफ्ना एक छोरा र दूई छोरी साथ कमल गाउँपालिका ३ मा फसको घरमा बस्नुहून्छ । श्रीमान वित्नुभएको एक वर्ष भयो । श्रीमान् हुन्जेल घर खर्च र नानिहरुको पढाईमा हुने सबै खर्चको चाँजोपाजो मिलाउनुहुन्थ्यो त्यस विषयमा सितालाई कुनै मातलब थिएन तर अचानक श्रीमानको मृत्यु पछि त्यो सबै जिम्मेवारी सिताको काँधमा आयो । त्यस पछि मात्र वहाँलाई थाहाभयोकी घर चलाउन र नानिहरुलाई पढाउन कत्ति गारोहुँदो रहेछ भनेर ।
वहाँको यस्तो अवस्था देखेर विध्यालय परिवारले सिताकी छोरी आशिका परापुलीलाई छात्रवृत्तिका लागी सिफारिस गर्यो त्यो कुरा छात्रवृत्ति दिने सस्थाले सहर्ष स्वकार गरेर छात्रवृत्ति उपलब्ध गरायो । छात्रवृत्ति बापत वार्षिक २१ हजार रुपैया प्राप्तहुन्छ यसले मलाई ठुलो सहयोग पुगेको सिता पराजुली बताउहुन्छ ।
सामुदायीक विध्यालयमा अध्यायनरत अधिकाँश विध्यार्थि निम्न वर्गिय परिवार बाट आउने गरेका छन् । आर्थिक अवस्था न्युन भएका कारण बिचमा नै पढाई छोड्ने को संख्या पनि उच्च रहेको छ । त्यस्ता न्युन आर्थिक अवस्था बाट गुज्रि रहेका विध्यार्थिलागी यस किसिमको छात्रवृत्तिले थोरै भएपनि सहयोग पुग्ने छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend