logo
मंगलबार, कार्तिक ११ २०८३

लाहा खेती गर्ने एक नेपाली सहित ८जना भारतीय किसानलाई भारतको झारखण्ड सरकारको कृषि अनुसन्धान परिषद द्वारा सम्मान


  • मनकुमार गदाल
  • सोमबार, फाल्गुन ८ २०७९

दमक ,वैज्ञानिक पद्धतिवाट लाहा खेती गर्ने एक नेपाली सहित ८जना भारतीय किसानलाई भारतको झारखण्ड सरकारको कृषि अनुसन्धान परिषदले सम्मान गरेको छ ।
राची जिल्लाको नामकुन भन्ने ठाउँमा कृषि परिषदले झापाको गौरादहमा लाहा खेती गरी रहेका लाहा सम्वन्धिका अनुभवी ब्यक्ति डम्वर विश्वकर्मा सहित भारतीय लाहा खेती गरी रहेका किसानलाई सम्मान गरेको हो ।
भारतमा सिकेको लाहा खेती तालिम पछि नेपालको झापा, धनुकटा ,भोजपुर ,धनकुटा र तेह्रथुम लगायतका जिल्लामा लाहा खेती गर्न प्रोत्साहन गर्ने लाहा खेतीका जानकार विश्वकर्मा र भारतको महाराष्ट्रका किसान सुधाकर खन्नाल्कर लगायतका ८जनालाई सम्मान गरेको कार्यक्रममा सहभागी निर्मल चप्रा उधोग गौरादहका सञ्चालक रोहित सुनचेउरीले जानकारी दिनु भयो ।
परिषदले गरेको किसान मेला सह कृषि प्रर्दशनीका प्रमुख अतिथि झारखण्डका कृषि तथा पशुपालक मन्त्री विकासले विश्वकर्मा सहितका मध्यप्रदेश,युपी ,झारखण्ड र महाराष्ट्रका भारतीय लाहा किसानलाई सम्मान गर्नु भएको थियो । विश्वकर्माले झारखण्डमा सिकेको लाहा खेती सम्वन्धिको सीप ज्ञान नेपालका पूर्वी जिल्ला झापा,धनकुटा आदिका किसान सम्म पुराउन सफल भएको हुदा सो कामको उच्चमूल्याङ्गन गरेर गौरादह नगर पालिकाको कार्यपालिका सदस्य, नेपाल उत्पीडित जातीय मुक्ति समाज गौरादह अध्यक्ष समेत रहनु भएका विश्वकर्मालाई मन्त्री बिकासले सम्मान गर्नु भयो ।
हिजो परम्परागत प्रणालीवाट लाहा खुकुरीको वोड ठोकदा मात्र प्रयोग भए पनि अहिले वैज्ञानिक पद्धतिवाट लाहा खेती गरेर चुरा आदि सौन्दर्य सामाग्री बनाउन प्रयोग हुने सुनचेउरीले बताउनु भयो । विश्वकर्मा र सुनचेउरीले केही वर्ष अघि देखि सामुहिक लगानी गरेर लाहा खेती गर्दै आउनु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend