logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीमा व्यवसायीक बंगुर तथा सुँगुर पालन सम्बन्धि तालिम समापन


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन ५ २०७९

चालाचुली ÷ ईलामको चुलाचुली गाउँपालिकामा सन्चालित व्यवसायीक बंगुर तथा सुँगुर पालन सम्बन्धि तालिम आज सम्पन्न भएको छ ।
गाउँपालिका भित्र रहेका व्यवसायीक बंगुर पालक कृषकलाइ बंगुर तथा सुँगुर पालन सम्बन्धि ५ दिने तालिमको वडा अध्यक्ष सागर लिम्बुले उक कार्यक्रमका बिच समापन गर्नु भएको हो ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सन्चालन भएको तालिम चुलाचुली गाउँपालिकाको सहयोग र पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रा.लि. ईलामको आयोजनामा सम्पन्न भएको हो । तालिममा यसअघि बंगुर पालन सम्बन्धि तालिम लिएका ९ जना कृषक पुराना उद्यमीहरुको स्तरबृद्धि अन्तर्गत सहभागी रहेका थिए ।
गाउँपालिकामा रहेका कृषकलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउने उद्येश्यले यस्ता तालिमको आयोजना गरिएको हो । तालिमा ठुलो रमक खर्च भएको छ । त्यसैले तपाईहरुले सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागु गर्दै व्यवसायी बन्न वडा अध्यक्ष लिम्बुले सहभागीलाई अनुरोध गर्नु भयो ।
पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रा.लि. का कार्यक्रम निर्देशक सुमन दियालीले सन्चालन गरेको कार्यक्रममा वडा वडा सदस्य विष्णु भट्टराई र सहभागीका तर्फ बाट दुर्गादेबी पोख्रेलले मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend