कमल ÷कमल गाउँपालिका स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शहिद धर्मभक्त माध्यमिक विध्यालय ११ स्वर्णसहित प्रथम भएको छ ।
त्यस्तै २०० र ८०० मिटरको दौडमा छात्र छात्रा दुवै तर्फ शहिद धर्मभक्तमावि प्रथम भएको छ भने छात्रा तर्फको १५ सय र ३ हजार मिटर दौडमा छात्र तर्फ शहिद धर्मभक्तमावि प्रथम भएको छ ।
छात्र तर्फको ४×४०० रीले, ज्याब्लिङ्ग थ्रो , ट्रिफलजम्प र छात्र छात्रा दुवै तर्फ को सटफुटमा समेत शहिद धर्ममक्त मावि प्रथम भएको छ ।
गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्णसहित मंगलमय माध्यमिक विध्यालय द्वतिय भएको छ भने ३ स्वर्ण सहित वण्डरल्याण्ड अंग्रेजी माध्यमिक विध्यालय तृतिय भएको छ ।
प्रतियोगितामा विजेता विध्यार्थि र विध्यालय कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राइ, उपाध्यक्ष प्रमिला न्यौपाने र शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा समावेश गरिएका विभिन्न खेल अन्तर्गत छात्रा र छात्र को छुट्टाछुट्टै रुपमा भएका विभिन्न खेलमा तर्फ छात्र तर्फको कवड्डीमा शहिद धर्मभक्त माविले प्रथम स्थान हाँसिल गरेको छ भने वण्डरल्याण्ड अंग्रेजी मावि द्वतिय भएको छ ।
त्यसैगरी छात्र तर्फको भलिवलमा मंगलमय मावि प्रथम भएको थियो भने नरेन्द्र जनाता मावि द्वतिय भएको छ ।
प्रतियोगितामा सामुदायीक तर्फका १० वटा र सस्थागत तर्फका १३ माध्यमिक विध्यालय गरी जम्मा २३ वटा विध्यालयमा अध्यायनरत १८ वर्ष उमेर भन्दा मुनीका खेलाडी समभागी रहेका थिए । प्रतियोगिता बाट छनौट भएका खेलाडिले आगामि फागुन ९ गते कन्काई माविमा हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सहभागी हुन पाउने मुल आयोजक समितीका सचिव मोहन बगालेले जानकारी दिनुभयो ।