कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बिमा सहितको सेवा संचालन हुने भएको छ ।
गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकी लाई स्तर उन्नती गरी आगामी फागुन १ गते देखी कमल नगर अस्पतालको नाम बाट सेवा सन्चालन सुरु गर्न लागीएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सबै नागरीकलाई सहज रुपमा स्वास्थ्य सेवा पेर्याउने उद्येश्यले स्वस्थ्य चौकीको स्तर उन्नती गरी कमल नगर अस्पताल बाट सेवा संचालन गर्न लागीएको े गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिनुभयो ।
आम्दा अस्पताल दमकसँगको सहकार्यमा नियमित सेवा वाहेक स्वास्थ्य बिमा अन्तर्गत ल्याव, एक्से र ईसिजी सेवा थप गरि सेवा सञ्चालन को सम्पुर्ण तयारी पुरा भएको स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।