कमल । निहारिका अंग्रेजी माध्यमिक विध्यालयले आज विभिन्न कार्यक्रम गरी २८ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
कमल गाउँपालिका ३ केर्खामा २०५१ सालमा स्थापना भएको विध्यालयले आज २७ औं वर्ष पुरा गरि २८ औं वर्ष प्रवेश गरेको उपलक्षमा विविध सांस्कृतिक कार्यक्रम गर्दै उत्सव मनाएको हो ।
वार्षिक उत्सवको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले भन्नुभयो “ गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई परिवर्तन गर्दै प्रविधिक शिक्षा तर्फ जोड दिदै आएको छ ”। गाउँपालिकामा रहेका विध्यालयको गुणस्तरिय शिक्षाका लागी गाउँपालिकाले विभिन्न योजना बनाएर लागिपरेको छ । यसतर्फ निजि विध्यालयले ध्यानदिन आवश्यक रहेको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।
त्यस्तै समग्र शिक्षा क्षेत्रको कुरागर्दा कमल गाउँपालिकामा निजि विध्यालयले आधाभाग ओगटेको त्यसैले निजि विध्यालयको शैक्षिक सुधारकालागी गाउँपालिका निरन्तरलागी परेको उपाध्यक्ष न्यौपाने बताउनु हुन्छ ।

विध्यालयलाई शैक्षिक केन्द्रको रुपमा स्थापित गर्दै यस विध्यालयमा अध्यायनरत विध्यार्थिलाई विश्वको उत्कृष्ट नागरिक बनाउन तर्फ विध्यालय परिवार लागिपरेको छ । शिक्षा दिनु र लिनु मात्र ठुलो कुरा होईन आफुले दिएको र लिएको शिक्षा विश्व बजारमा विक्न सक्नुपर्छ यो कुराको मनन गर्दै विध्यालय परिवार यस प्रति सधै सचेत रहेको विध्यालयका प्रिन्सिपल गोपाल पाण्डेले बताउनु भयो

विध्यालयका अध्यक्ष युवराज बरालको अध्यक्षमामा सम्पन्न कार्यक्रममा कमल गाउँपािलका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने , नवोदय बहुउद्येश्यिय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली, कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहाल, लायन्स क्लव अफ केर्खाका अध्यक्ष खगेन्द्र बारकोटी लगायत विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन विध्यालयका शिक्षिका रन्जु श्रेष्ठ र विध्यार्थि उज्वल कोईराला र जुनु दंगालले गर्नुभएको थियो ।