logo
शुक्रबार, साउन २९ २०८३

कमल गा.पा.मा आदिवासी जनजाति लक्षित एडभान्स ईलेक्ट्रिसियन तालिम सुरु


  • उमानाथ भण्डारी
  • सोमबार, माघ ९ २०७९

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रसुर्य सिप विकास सस्था दमकको प्राविधिक सहयोगमा एडभान्स ईलेक्ट्रिसियन तालिम सुरुभएको छ ।
आदिवासी जनजातिका लागि लक्षित तालिममा कमल गाउँपालिकाका आदिवासी जनजातिका सस्थाहरु बाट छनौट भएर आएका ३५ जना सहभागी रहेका छन् । तालिम अवधी ४५ दिनको रहने आयोजकले जनाएको छ ।
गाउँपालिकाको बजेट बाट सन्चालन गरिएको तालिम बाट तपाई हरु संक्षम र संमृद्ध बन्नुहुनेछ । गाउँपालिकाका कोही पनि युवा वेरोजगार नहुन भनेर तालिमको आयोजना गरेको हो । तालिम अवधीभर तपाईहरुले ध्यानदिएर सिक्नुपर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने ले बताउनु भयो ।


तालिम प्राप्त गरेपछि तपाईहरुले जागरिकोलागी कतै भौतारिनु पर्दैन तपाईहरु आफै स्वरोज बन्न सक्नुहुनेछ त्यसैले ईमान्दारिका साथ तालिममा सहभागीहुन कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले सहभागीलाई अनुरोध गर्नुभयो भयो ।
आदिवासी जनजातिका कमल गाउँपालिकाका अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईराला गाउँपालिका स्तरिय आदिवासी जनजातिका नेता लगायत विभिन्न सघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम जय बहादुर तामाङ्गले सन्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend