दमक/ दमक उध्योग बाणिज्य संघको निर्वाचनमा बिमल खतिवडाको पक्षमा माहोल देखिएको छ । खतिवडाले बरिस्ठ उपाध्यक्ष हुदा ब्यवसायीक हितकोष ल्याएर उदारणिय कार्य गरेका थिए ।
उनले यो पटक यस्तै प्रकारका विभिन्न योजना र कार्यक्रम राखेकाछ्न । उनको प्रतिबद्धताले ब्यवसायीलाइ धेरै आशा र भरोसा जगाएको पाइएको छ ।
खतिवडा निडर र ब्यवसायीक हितको लागि खुलेर बोल्न तथा लड्नसक्ने भएकाले स्वतन्त्र रुपमा रहेका धेरै ब्यवसायीले समेत मत दिदैछ्न ।
उनीसग प्रतिस्पर्धी रहेका गोपाल गुरागाइले स्वार्थको लागी अर्को पार्टी प्रवेस गरेको दमकमा चर्चा छ । गुरागाइ एमाले निकट संगठनमा रहेका थिए ।
लिखित रुपमा र मौखिक रुपमा गुरागाइले आन्तरिक रुपमा भएको निर्वाचनमा अध्यक्षमा चयन भए आफू प्रचार प्रमुख भएर खतिवडालाइ जिताउने प्रतिबद्धता जनाएका थिए ।
दुइतिहाइ भन्दा बढी मत खतिवडाले ल्याएपछी बधाइ दिएर निर्णय स्विकार गरेर निस्केका उनी आफ्नो स्वार्थ पूरा नहुने देखीपछी काङ्ग्रेस प्रवेस गरेर आफ्नै साथीहरुलाइ धोका दिएको पनि पाइएको छ ।
बिचार र निर्णयमा टिक्न नसक्नेले ब्यवसायीक हितमा काम गर्न नसक्ने भन्दै ब्यवसायीहरुले खतिवडा नै अहिलेको उत्तम बिकल्प भएको बताउदै आएकाछ्न ।