कमल । कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले बुधवार एक कार्यक्रमका बिच सुरुङ्गा सेवा केन्द्र कार्यलयको उद्घाटन गरेको छ ।
कन्काई नगरपालिका ३ नम्वर वडा अध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यलयको उद्घाटन गर्नु भएको हो ।
कानुनत एक व्याक्ति एक सहकारीको सदस्य हुनुपर्ने तर एक व्याक्ति अनेक सहकारीको सदस्यहुने र सबै सहकारी बाट कर्जा लिने र नतिर्ने गरेका कारण सदस्य र सहकारी दुबै समस्यामा पर्ने गरेको अध्यक्ष चम्लागाईले बताउनु भयो ।
आगामी दिनमा एक व्याक्ति एक सहकारी हुन आवश्यक छ र एउटै उद्येश्य भएका सहकारी एकिकरण गरेर अगाडी बढेमात्र सहकारी सस्था र सदस्य दुबैलाई फाईदा हुने वाहाँले बताउनु भयो ।
सहकारीले सदस्यलाई कर्जा लगानी गर्ने तर सदस्यमा लगानी भएको कर्जा सहिरुपमा उपयोग गरे नगरेको अनुगमन नभएकाले पनि अहिले लगानी गरेको कर्जा जोखिममा पर्ने गरेको छ । त्यसैले आगामी दिनमा कर्जाको सही रुपमा लगानी भए नभएको अनुगमन गर्दै सदस्यलाई अनुशिक्षण तालिम दिन आवश्यक रहेको कन्काई नगरपालिका ४ नम्वर वडाका पुर्व अध्यक्ष गोविन्द पौडेलले बताउनु भयो ।

आर्थिक मन्दिका कारण अहिले सबै क्षेत्र समस्या छ । यस्तो अवस्थामा सदस्यलाई राहात दिने भनेको सहकारी मात्र हो । बैकलाई तिरेको चर्को व्याजको प्रतिफल बैक सन्चालकले मात्र पाउछन् तपाई हामीले सहकारीमा तिरेको व्याजको प्रतिफल हामिले नै पाउने भएकोले सबैले सहकारी मार्फत आफ्नो कारोवार गर्न कन्काई नगरपालिका सहकारी समन्वय समितिका संयोजक कुमारमणी पोख्रेलले बताउनु भयो ।
२०५५ साल असारमा २७ जना सदस्य र ति सदस्यले जम्म गरेको १३ हजार ५०० रुपैया बाट स्थापना भएको सहकारीले २०६४ साल काक्तिकमा २ जना कर्मचारी र १६० जना सदस्य बाट सुरुङ्गा सेवा केन्द्रको स्थापना गरेएको थियो ।

सेवा केन्द्रले आज सम्म आईपुग्दा कर्मचारी ९ जना, सदस्य २ हजार २ सय ५९ जना र ऋणी सदस्य ८ सय ७२ जना पर्याउन सफल भएको छ ।
त्यस्तै सेवा केन्द्रको शेयर पुँजी १ करोड ३९ लाख ९८ हजार एक सय रुपैया , बचत ३ करोड ८३ लाख ३९ हजार एकसठ्ठि रुपैया पुगेको छ भने लगानी १७ करोड ५६ लाख २ हजार चवालीस रुपैया गरी जम्मा कारोवार १७ करोड ५५ लाख ११ हजार ४ सय १८ रुपैया रहेको सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले बताउनु भयो ।
सेवाकेन्द्र सन्चालक समिति संयोजक गोमादेबी कार्कीको अध्यक्षतामा भएको कार्यक्रमलाई सदस्य तिलक गजमेरले सन्चालन गर्नु भएको थियो भने सेवा केन्द्र प्रमुख लक्षमण बरालले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।