कमल । आज देशभर विभिन्न कार्यक्रमगरी आठौँ राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइँएको छ ।
‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आज देशभर विभिन्न कार्यक्रमगरी आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
यसै क्रममा पातन्जल योग समिति नेपाल दमक नगर समितिले समेत विभिन्न कार्यक्रमगरी आठौँ राष्ट्रिय योग दिवस मनाइँएको हो । सोत्र क्रममा समितिले दमक फाल्गुनन्द चोक बाट विहिन विभिन्न कार्यक्रमका साथ प्रभात फेरि सहित दमक चोकमा आएर योग सम्बन्धि विभिन्न आसन तथा अभ्यास गरेर का आठौं राष्ट्रिय योग दिवस मनाईएको हो ।
योग साधन मात्र होईन साध्यपनि हो , यस प्रति सबैको ध्यानजान आवश्यक छ । त्यसैले दमक नगरपालिकाका सबै जनता माझ योगलाई पुर्याउन आवश्यक छ । यसकालागी आवश्यक सहयोग गर्न नगरपालिका सदैब तयार रहेको दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
यसैक्रममा आज पातन्जल योग दमक नगरसमितिले समेत विभिन्न कार्यक्रमगरी आठौँ राष्ट्रिय योग दिवस मनाएको छ । समितिले विहान हल्दार चोकमा ओमकार ध्वनीले सुरुवातगरी र्यालि सुरुगरेका थियौ , त्यसछटी दनगरका विभिन्न चोक र बजार परिक्रमागरी दमक चौकमा पुगेर योगका विभिन्न साधनगरी आठौं राष्ट्रिय योग दिवस मनाईएको पातन्जल योग दमक नेपाल दमक नगर समिति अध्यक्ष हेमन्ती देबी गजुरेलले बताउनु भयो ।

राष्ट्रिय योग दिवस नेपाल सरकारको समेत कार्यक्रम भएकोले सोहिअनुसार यो कार्यक्रम मनाएका छौ । दमन नगर समितिको आयोजनामा भएको यो कार्यक्रम नगरका विभिन्न ठाउँ परिक्रमा गरि चौकमा आएर योगका विभिन्न अभ्यास गरि आठौं राष्ट्रिय योग दिवस मनाईएको पातन्जल योगसमिति नेपालका उपाध्यक्ष गंगा ढकालले जानकारी दिनुभयो ।
प्रचिनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुनेगर्दथ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि योगको प्रयोग आउन थालेपछि पछिल्लो समय नेपालमा समेत योगप्रति मानिसको आकर्षण बढ्न थालेको हो ।
नियामित योग गर्नाले मानिसमा भएका विभिन्न प्रकारका शारिरिक तथा मानसिक रोग हट्ने र मानिस स्वस्थ्यहुने भएकाले समेत योग प्रति आकर्षण बद्दै गएको हो । हरेक मानिसमा खानपान र आहार विहारका कारण अहिले धेरै रोगले सताउने गरेको छ । यसको उपचार र न्युनिकरण भनेकै नियमित योग साधन र प्रणायम हो ।