logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिलकाको ३ नम्वर वडा कार्यालयले भु—उपयोग क्षेत्र वर्गिकरणलाई तिब्रता दिंदैं


  • उमानाथ भण्डारी
  • बिहिबार, पुष २८ २०७९

कमल । नेपाल सरकारले भु—उपयोग क्षेत्र वर्गिकरण मापदण्ड अनुसार आफ्नो पाललिकाको क्षेत्राधिकार भित्र रहेको जमिनलाई भु—उपयोग क्षेत्र वर्गिकरण सम्बन्धी मापदण्ड अनुसार वर्गिकरण गरि कार्यन्वयनकालागी देशै भरका स्थानिय तहलाई निर्देशन दिएको छ ।
सरकारको निर्देशन अनुसार अहिले सबै स्थानियतहले भु —उपयोग क्षेत्र वर्गिकरण सम्बन्धी मापदण्डको आधार २०७९ अनुसार आफ्नो क्षेत्राधिकार भित्र रहेको जग्गालाई वर्गिकरण गर्नेकाम धमाधम गरिरहेका छन् ।
यसैक्रममा झपाको कमल गाउँपालिकाले समेत मापदण्ड अनुसार जग्गाको बर्गिकरण गर्नेकामलाई तिब्रता दिदैं आएको छ । यसैक्रममा विहिवार ३ नम्वर वडा कार्यालयले समेत जग्गा वर्गिकरण गर्नेकामलाई तिव्रता दिएको छ ।
यस क्रममा वडाले वडा भित्र रहेका टोल विकास संस्थाका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी बिच मापदण्ड अनुसार वडाले गर्न लागेको जग्गाको वर्गिकरणका बारेमा जानकारी गरईएको ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।
भु—उपयोग ऐन नक्सा २०७६ को दफा (५) को उपदफा (४) बमोजिम भु—उपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न बनेको मापदण्डको आधारमा जग्गा बर्गिकरण गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्याले जानकारी दिनुभयो ।
मापदण्ड अनुसार हाल व्यवसायीक क्षेत्र, आवासिय क्षेत्र, औधोगिक क्षेत्र, कृषि क्षेत्र र सार्वजनिक उपयोगको क्षेत्रको आधारमा जग्गाको बर्गिकरण गर्नुपर्नेहुन्छ ।
जस अन्तर्गत मुख्य लोकमार्ग र साहायक लोकमार्गको सडकको अधिकार क्षेत्र बाट १ सय मिटर सम्म दाँया वाँयाको जग्गा , त्यस्तै जिल्ला सडक (कृषि सडक वाहेक) लगायत १० मिटर भन्दा कम चौडाई भएका सडकको किनारा देखी ९० मिटरको दुरीमा रहेका दाँया वाँयाको जग्गालाई आवासिय क्षेत्रमा बर्गिकरण गरिने छ ।
त्यस्तै ६ मिटर भन्दा बढी र १० मिटर भन्दा कम चौडाई भएका सडकको किनारा देखी ८० मिटरको दुरीमा रहेका दाँयावाँया को जग्गा तथा ४ मिटर भन्दा बढी र ६ मिटर भन्दा बढी र ७० मिटरको दुरीमा रहेको दाँयावाँया को जग्गा र हाल आवासको रुपमा प्रयोग भएको जग्गालाई आवासिय जग्गाको रुपमा सिफारिस गरिने वडा अध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend