चुलाचुली । घरेलु तथा साना उद्योग कार्यालय ईलाम को आयोजना तथा चुलाचुली गाउँपालिका ५ नम्वर वडा कार्यालयको संयोजनमा संचालित व्यावसायीक पशुपाल तालिम आज सम्मन्न भएको छ ।
“उद्योग र पुर्वाधार ः संमृद्धीको आधार ” भन्ने नाराका साथ पुस ११ गते बाट सुरु भएको तालिम उक औपचारीक कार्यक्रम गरी समापन गरिएको हो ।
गाउँपालिकाको ५ नम्वर वडा कार्यालयको सभाहलमा सन्चालन भएको तालिममा वडामा व्यवसायीक रुपमा पशुपालन गर्दै आएका २६ जना कृषक सहभागी रहेका थिए । तालिमको सहजीकरण पशुस्वस्थ्य प्राविधिक उमानाथ भण्डारीले गर्नु भएको थियो ।
गाउँपालिकाको वडा नम्वर ५ पशुपालनकालागी उपयुक्त छ । याहाँका अधिकाँस कृषक पशुपालमा संलग्न भएकोले यो तालिमको आयोजना गरिएको हो । तालिम बाट पाएको पमाण पत्र को महत्व धेरै छ । तालिमामा सिकेका ज्ञान र सिपलाई व्यवहार उतार्दै आफुले सन्चालन गरेको व्यासायीक फर्मलाई वडा कार्यलय लगायतका सम्वन्धित निकायमा अनिवार्य दर्ता गरेर मात्र व्यवसाय सन्चालन गर्न वडा अध्यक्ष बविन राईले अनुरोध गर्नु भयो ।

तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न अनिवार्य छ । सातदिनको तालिममा तपाईहरुले धेरै कुरा सिक्नु भएको छ । तपाईले पालेका पशु सामान्य विरामीहुँदा वा औषधी खुवाउन प्रविधिक बोलाउनु नपरोस् यसकालागी तपाई आफै सक्षम बन्नुहोस भन्ने तालिमको मुख्य उद्येश्य रहेको घरेलु तथा साना उद्योग कार्यालय ईलामका प्रमुख एकनाथ दाहालले बताउनु भयो ।
तालिम उपलब्धि मुलक भएको र यसले पशुपालमा धेरै सहयोग पुग्ने तालिमका सहभागी दिलु राई र ईन्द्र प्रसाद गिरिले बताउनु भयो ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय ईलामका निरज राईले सन्चालन गर्नु भएको थियो । तालिममा उपस्थित सहभागीलाई प्रमाण पत्रका साथै पशुलाई खुवाउनकालागी क्याल्सियम समेत वितरण गरिएको थियो ।