कमल । होटल व्यवसायी संघ दमक क्षेत्रीय समिती झापाको आज १४ औ साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
व्यवसायी संघले दमक २ स्थित हाम्रो दमक फन पार्कमा मा सम्पन्न साधारण सभामा का साथै वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिडका कारण थलापरेको होटल व्यवसायी बल्ल्तल्ल तंग्रीन थालेको थियो फेरी देशमा आएको आर्थिक मन्दिका कारण होटल व्यवसायी उठ्नै नसक्नेगरी डुवेको छ । यो बेलामा सरकारले होटल व्यवसायीलाई व्याज र हर्जना छुट गर्नु पर्ने होटल व्यवसायी संघ पदेश नम्वर १ का अध्यक्ष राजन दंगालले बताउनु भयो ।
देशको आर्थिक उन्नतिमा सहयोग पुर्याउन होटल तथा पर्यटन व्यवसायको महत्वपुर्ण भुमिका हुन्छ । कोभिड पछि बल्ल सुरु भएको यो व्यवसाय फेरी बैकको व्याजले थला परेको छ । यस्तो अवस्थामा घट्दो व्यपारलाई राज्यले सहयोग गरेमात्र देशको उन्नती हुन सक्ने होटल व्यवसायी पर्शुराम दाहाल बतायउनु हुन्छ ।
कोभिडका कारण दुई वर्ष थला परेको होटल तथा पर्यटन व्यवसाय बल्लतल्न लयमा फर्किदै थियो फेरी देशको आर्थिक मन्दिका कारण पुन थला परेको छ । पर्यटन व्यवसायलाई प्रवर्धन गर्न सके यसले देशको आर्थिक अवस्थालाई ठुलो सहयोग पुग्ने भएकोले राज्यले यस तर्फ ध्यान दिन आवश्यक रहेको होटल व्यवसाय संघ झापा जिल्ला सचिव ख्याम ओली बताउनुहुन्छ ।
होटल व्यवसायीलाई आवश्यक सहयोग गर्न नगरपालिका जहिलै तयार छ । यो भन्दा अगाडी पनि होटल व्यवसायी नगर समिती सँग बसेर हामिले विभिन्न छलफल गरेका छौ । आगामि दिनमा व्यवसायी संघलाई सहयोग गर्न दमक नगरपालिका जहिलै तयार रहेको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले बताउनु भयो ।
होटल व्यवसायी संघ दमक क्षेत्रीय समितीका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव भुपेन्द्र न्योपानेले सन्चालन गर्नु भएको थियो भने कार्यसमिति सदस्य राजकुमार गौतमले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।
करिब दुई सय जना सदस्य रहेको होटल व्यवसायीले संघ दमक क्षेत्रीय समितीले साधारण सभा सम्पन्न भएपछि वनभोज खादै रमाईलो गरेका थिए ।