चुलाचुली घरेलु तथा साना उद्योग कार्यालय ईलाम को आयोजना तथा चुलाचुली गाउँपालिका ५ नम्वर वडा कार्यालयको संयोजनमा व्यावसायीक पशुपाल तालिम सुरु भएको छ ।
“उद्योग र पुर्वाधार ः संमृद्धीको आधार ” भन्ने नाराका साथ पुस ११ गते बाट एक हप्ते तालिम सुरु भएको हो ।
गाउँपालिकाको ५ नम्वर वडा कार्यालयको सभाहलमा सन्चालन भएको तालिममा वडामा व्यवसायीक रुपमा पशुपालन गर्दै आएका २६ जना कृषक सहभागी रहेका छन् । तालिमको सहजीकरण पशुस्वस्थ्य प्राविधिक उमानाथ भण्डारीले गर्नुहुदै छ ।
गाउँपालिकाको वडा नम्वर ५ पशुपालनकालागी उपयुक्त छ । याहाँका अधिकाँस कृषक पशुपालमा संलग्न भएकोले यो तालिमको आयोजना गरिएको हो । तालिमामा सिकेका ज्ञान र सिपलाई व्यवहार उतार्दै व्यासायीक रुपमा अगाडी बड्न वडा अध्यक्ष बविन राईले सहभागीलाई अनुरोध गर्नु भयो ।
भौतिक पुर्वाधारमा भएको विकास जस्तो तालिमको उपलब्धी तुरन्तै देखीदैन । तालिम भनेको सप्टवेर जस्तोहो यसको उपलब्धी विस्तारै देखिने भएकोले तालिका सहभागहिरुले ध्यानपुर्वक सिकेर त्यसलाई जिवन उपयोगी बनाउन घरेलु तथा साना उद्योग कार्यालय ईलामका प्रमुख एकनाथ दाहालले बताउनु भयो ।
घरेलु तथा साना उद्योग कार्यालय ईलामका निरज राईले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित सहभागी र अतिथीलाई कार्यलयकै किरण कार्कीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।