कमल । समावेशी महिला सशक्तिकरण केन्द्र झापाको आठौं साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित वण्डरल्याण्ड अंग्रेजी बोडिङ्ग स्कुलको सभाहलमा सम्पन्न साधारण सभाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घटन गर्नु भएको थियो ।
२०७१ सालमा स्थापना भएको सस्थाले समाजमा महिलाहरु माथि हुने गरेका विभिन्न विकृति र विसंगतीहरुलाई न्युनिकरण गर्नुका साथै महिलाको क्षमता अभिवृद्धीकालागी विभिन्न काम गर्दै आईरहेको छ ।
स्थापना काल देखीनै महिलाहरुको हकहितका साथै सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्षम रहेको छ । सक्षम महिलाहरुले मात्र समाज रुपान्तरणगर्न गर्न सक्छन् त्यसकालागी गाउँपालिकाको तर्फ बाट आवश्यक सहयोग गर्न जहिलेपनि गाउँपालिका तयार रहेको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिह राईले बताउनु भयो ।
सस्थाले महिलाको क्षमता अभिवृद्धीकालागी विभिन्न कार्यक्रम गरिरहेको छ । यसका साथै गाउँपालिकाभा रहेका संघ सस्थाको समन्वय र सहकार्यमा विभिन्न काम गरेको अध्यक्ष श्रृजना निरौला पौडेला द्वारा प्रस्तुत प्रतिवेदनमा उललेख गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, जग्गा दाता लेखनाथ खतिवडा लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सस्थाकी सचिव भगवती राईले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष उषा भण्डारीले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थिया ।