logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन कमलको पालिका स्तरिय सास्कृतिक कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, पुष ३ २०७९

कमल । निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले शनिवार पालिका स्तरिय सँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार कमल गाउँपालिका ५ स्थित स्टार ईङ्गलिस स्कुलको प्राङ्गणमा संस्कृतिक (कल्चरल) नृत्य र गायन प्रतियोगिता सम्पन्न गरेको हो ।
कक्षा ६ देखी १० सम्मका विध्यार्थि बिच भएको सँस्कृतिक नृत्य तर्फ प्रथम निहारिका ईङ्गलिस स्कुल कमल ३, द्वतिय फोनिक्स, ईङ्गलिस स्कुल कमल ४, तृतिय ३,स्टार ईङ्गलिस स्कुल कमल ५, सान्त्वना नवोदय ईङ्गलिस वोडिङ्ग स्कुल कमल २ रहेको आयोजकले जनाएको छ ।
त्यस्तै गायन तर्फ १२ वर्ष मुनिका विध्यार्थि बिच भएको प्रतियोगितामा प्रथम ,स्टार द्वतिय फोनिक्स ,तृतिय हिमाली र सान्त्वना निहारिका ईङ्गलिस स्कुल रहेको छ । त्यसैगरी गायन तर्फ १२ वर्ष माथिका विध्यार्थि बिच भएको प्रतियोगितामा प्रथम निहारिका, द्वतिय नवोदय तृतिय स्टार र सान्त्वना पाथिभरा ईङ्गलिस स्कुल रहेको प्याव्सन झापाका जिल्ला सदस्य तिलोचन गौतमले जानकारी दिनुभयो ।
प्याव्सन कमल अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको कार्यक्रममा , प्याव्सन झापा अध्यक्ष गौरिमान फागो, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने तथा प्याव्सनका जिल्ला देखी केन्दिय नेताको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्याब्सन कमलका सचिव दिपक संग्रौलाले सन्चालन गर्नु भएको थियो भने साँस्कृतिक कार्यक्रम संयोजक विजय सिंह थापाले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

..

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend