logo
शुक्रबार, साउन २९ २०८३

देशको अर्थतन्त्र समस्या ग्रस्त हुँदै ः सांसद कार्की


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर २६ २०७९

कमल । नेकमा एमालेका स्थाई कमिटी सदस्य तथा झापा क्षेत्र नम्वर ५ (१)का प्रदेश सभा सदस्य हिक्मत कुमार कार्कीले देशको अर्थतन्त्र चुनौतिपुर्ण का साथै समस्या ग्रस्त अबस्थामा रहेकोले सहकारीका सन्चालकले यसलाई सहिढंगले परिचालन नगर्नेको भने भोलिका दिनमा ठुलो दुर्घटना हुन सक्ने बताउनु भएको छ ।
सो कुरा झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको २४ औं वार्षिक साधारण सभाको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा कार्कीले बताउनु भएको हो ।
पछिल्लो समय सहकारीका सन्चालकहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण पनि अहिले सहकारी सस्थामा समस्या आएको हो कार्कीले बताउनु भयो । सहकारीले कृषि क्षेत्रमा लागानि बढाउन आवश्यक छ । कृषिको क्षेत्रमा ठुलो रोजगारीको सम्भावना छ भने अर्को तर्फ कृषी उत्पादन बढाएर व्यापार घाटा समेत घटाउन सकिने कार्कीले बताउनु भयो ।
आज यो सस्था जुन उचाईमा पुगेको छ यसमा सन्चालक र कर्मचारीकै कारण सस्थाले यो सफलता प्राप्त गरेको हो । सम्पुर्ण सहकारीका सदस्यले विश्वस गरेर सस्था मै कारोवार गरेका कारणले पनि सस्था यो उचाईमा पुग्न सफल भएको छ । पछिल्लो समय सहकारी क्षेत्र मात्र नभएर वित्तिय क्षेत्र नै संकटमा परेको छ । अहिले सस्था संग लगानी गर्ने पर्याप्त पुँजी नभएको समयमा सदस्यहरुले आफुले लगेको कर्जा समयमै भुत्तानि गरेर संकट बाट सस्थालाई बचाउने बेला आएको राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख रुपा थापाले बताउनु भयो ।
त्यस्तै कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला,पुर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटा ,झापा जिल्ला सहकारी संघ लेखासमिति संयोजक चुडामणी ओझाल गायतले साधारण सभा सफलताको शुभकामनाका साथै नवनिर्वाचि समितिलाई कार्यकाल सफलताको शुभकामना मन्यव राख्नुभएको थियो ।
२०५५ सालमा स्थापना २७ जना सदस्य बाट १३ हजार ५ सय रुपैया बाट सुरुगरेको सहकारीमा आज सदस्य संख्या १७ हजार ६६६ जना पुगेको छ भने शेयर पुँजी १३ करोड ४६ लाख ४ हजार ४०० पुगेको छ ।
त्यस्तै सस्थाको वाह््य ऋण २७ करोड ७४ लाख ४६ हजार ७३६ रुपैया रहेको छ भने विभिन्न कोषमा १२ करोड ६४ लाख ५६ हजार ८७८ रुपैया रहेको छ भने खुद नाफा २ करोड १० लाख ८३ हजार ५७० रुपैया रहेको अध्यक्ष शरणकुमार पराजुलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सस्थाले साधारणमा दिर्घ सेवा पदक बाट उमेश पोख्रेल, कल्पना अधिकारी र हरिमाया दाहाल पुरस्कृत हुनुभएको थियो । त्यस्तै उत्कृष्ट सेवा केन्द्र अन्तर्गत शिवगंज सेवा केन्द्र तथा उत्कृष्ट केन्द्र , उत्कृष्ट बचत , उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता ,लगायत तिन दर्जन भन्दा बढी सदस्यलाई पुरस्कृत र सम्मान गरेको सस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्किले जानकारी दिनुभयो । साधारण सभाका अवसमा आयोजना गरेको रक्तदान कार्यक्रमा ५० जनाले रगतदान गर्नु भएको थियो ।
अध्यक्षमा पुन पराजुली निर्वाचित
सस्थाको २४ औं वार्षिक साधारण सभा बाट आगामी ४ बर्षे कार्यकालकालागी अध्यक्षमा पुन शरण कुमार पराजुली निर्वाचित हुनु भएको छ ।

                                                                         अध्यक्ष पराजुली

त्यस्तै समितीको वरिष्ठ उपाध्यक्षमा बलराक गजुरेल,उपाध्यक्ष उमानाथ भण्डारी, सदस्य पुष्प प्रसाद बाँस्तोला, सुर्य प्रसाद दंगाल, खगेन्द्र बारकोटी, छविलाल पौडेल, सोमनाथ अधिकारी ,तिलरुपा सुवेदी दाहाल, लक्ष्मिकुमारी न्यौपाने, तारादेवी न्यौपाने, ममता गुरुङ्ग र ईन्दिरा गौतम निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिती सदस्य हिम प्रसाद दाहाले जानकारी दिनु भयो ।
सस्थाको लेखा सुपरिवेक्षण समितीको संयोजकमा कुवेरधन अधिकारी तथा सदस्यमा महेन्द्र अर्जेल र हरिमाया खतिवडा समेत निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिति सदस्य दाहालले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend