logo
शुक्रबार, साउन २९ २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न ,उत्कृष्ट शिक्षक सम्मानित


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर २४ २०७९

कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास र प्रगतिमा निरन्तर सहयोग पुर्याउनुहुने र शिक्षा क्षेत्रमा लामो समयसम्म निरन्तर विभिन्न जिम्मेवारीमा रहि योगदान गरिरहनु भएका १० जना शिक्षकलाई सम्मान गरेको थियो ।
यसरी सम्मानित हुनुहुने शिक्षकहरमा महेशकुमार खड्का, टंकप्रसाद गजुरेल, रत्न थापा,ईन्दिरा खनाल दाहाल, नगेन्द्र बस्नेत, सिताराम घिमिरे, कुन्तादेवी तिवारी, दोप्रसाद लिम्बु, छत्रबहादुर कार्की र प्रदिप कोइरालालाई सम्मान पत्र सम्मान गरिएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी संगठनका जिल्ला अध्यक्ष दोण बहादुर श्रेष्ठ,राष्ट्रिय प्रतिनिधि मोहनकुमार बगाले, जिल्ला सदस्य हिमप्रसाद दाहाल नेपाल बुद्धिजिवि परिषद कमलका अध्यक्ष रुकमान सुब्बा लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संगठनका सचिव श्रीप्रसाद दाहालले सन्चलन गर्नु भएको थियो भने उपाध्यक्ष भिमप्रसाद पोख्रेलले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend