logo
शुक्रबार, साउन २९ २०८३

हेल्पिङ्हेण्ड र वर्क फर नेपालको सहकार्यमा झापाका एकसय जना अर्फन बालबालिकालाई आर्थिक तथा स्वस्थ्य सामग्री प्रदान


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर २४ २०७९

कमल । हेल्पिङ्हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग , स्वस्थ्य परिक्षण गर्नुका साथै स्वस्थ्य सामग्री वितरण समेत गरेको छ ।
कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा भएको कार्यक्रममा झापामा रहेका एक सय जना अर्फन (आमा बुबा विहीन) बालबालिकालाई अर्थिक सहयोग वापत प्रति बालबालिका १२ हजार नगद , स्वस्थ्य सामाग्री अन्तर्गत साबुन, स्याम्पु,तेल, ब्रसा टुथ पेष्ट लगायतका सामाग्री प्रदान गर्नुका साथै आँखा लागत विभिन्न स्वस्थ्य परिक्षण गरिएको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
वर्क फर नेपालले झापा जिल्लामा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । सोहि कार्यक्रम अनुसार आज अर्फन बालबालिकालाई नगद तथा स्वस्थ्य सामाग्री वितरण गर्यौ भने आगामी हप्ता खाध्यन्न,स्टेसनरी र न्यौनो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ । यो सहयो बालबालिकाले कक्षा १० अध्यायन गरुन्जेल सस्थाले सहयोग गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend