logo
शुक्रबार, साउन २९ २०८३

३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशकोे अवसरमा कमलमा निःशुल्क स्वस्थ्य शिविर


  • उमानाथ भण्डारी
  • आइतबार, मंसिर १८ २०७९

कमल । ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना र आम्दा अस्पताल दमकको प्राविधिक सहयोगमा गाउँपालिको प्राङ्गणमा शिविर सम्पन्न भएको थियो ।
जब सम्म शिक्षा र स्वस्थ्यको क्षेत्रमा सुधार आउदैन गाउँपालिका संम्वृद्ध बन्न सक्दैन । अहिले सम्म गाउँपालिकाले डब्लुएचओले भने अनुसार शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गर्न सकेका छैनौ । यो पटक हामि निर्वाचित भएर आउना साथै बजेट बनाउनु पर्ने भयो तर हामी सग अनुभव थिएर आगामी वर्ष देखी हामी यो क्षेत्रमा पुग्ने बजेट विनियोजन गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला नै ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवश पर्ने गर्दछ । अपाङ्गता भएका व्याक्ति असक्षमहुने र अरुको सहयोग लिनु पर्नेहुन्छ त्यसैले बढी हिंसा हुने गर्दछ । गाउँपालिकाले सबैको संरक्षण गर्ने गर्दछ यदी तपाईहरुलाई कुनै समस्या भएर खुलेर गाउँपालिका आफ्ना कुरा राख्न कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपालेले बताउनु भयो ।
गाउँपालिकामा भएका अपाङ्गता व्याक्तिहरुलाई लक्षित गरेर यो निःशुल्क स्वस्थ्य शिविरको आयोजना गरेका छौ । तर शिविरमा आउने सबैलाई हामि निशुल्क उपचार गर्ने छौ विशेष गरेर मानशिक रोग, हाडजोर्नि, छाला लगायतका रोगको परिक्षण गर्ने छौ । शिविरमा आउने भएका विरामीको सम्भव भए सम्म यहि उपचार गर्ने छौ । यदी यहाँ उपचार सम्भव नभए आम्दा अस्पताल दमकको सहयोगमा थप उपचार गरिने कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।
निःशुलक स्वस्थ्य शिविर बाट पुरुष १ सय ६० र महिला ९७ गरी जम्मा २ सय ५७ जना विरामीले आफ्नो स्वस्थ्य परिक्षण गराउनु भएको थियो । शिविरमा हाडजोर्नि ,नसा र छाला सम्बन्धिका समस्या बढी देखीएको स्वस्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend