कमल । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले २४ औं वार्षिक ईकाईगत साधारण सभा अन्तर्गत शुक्रवार केर्खा सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको छ ।
२०५५ सालमा स्थापना २७ जना सदस्य बाट १३ हजार ५ सय रुपैया बाट सुरुगरेको सहकारीमा आज सदस्य संख्या १७ हजार ६६६ जना पुगेको छ भने शेयर पुँजी १३ करोड ४६ लाख ४ हजार ४०० पुगेको छ ।
समान्य कोठा बाट सुरगेको सहकारीले आज केर्खा बजारको मध्य भागमा ३ कठ्ठा ११ धुर जमिन सहित ४ तले पक्कि भवन बाट सेवा सन्चालन गरिरहेको छ भने ११ बाट शाखा समेत विस्तार गरि सदस्यलाई सेवा प्रदान गरिरहेको छ ।
सस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न साधारण सभाकाको उद्घाटन कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले गर्नु भएको थियो भने कमल गाउँपालिका सहकारी विभाग प्रमुख भरत तिवारीले साधारणसभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको सस्थाले यस अघि बनियानी, बिर्तामोड, धुलावारी, बुधवारे ,सुरुङ्गा, शिवगंज अन्तर्गतका सेवा केन्द्रको ईकाईगत साधारण सभा सम्पन्न गरिसकेको छ भने शनिवार बाट क्रमश दमक, ग्वलडुब्बा, उर्लावारी र मधुमल्लाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न गरि आगामी मंसिर २५ गते आईतवार माईन्युट प्रमाणिकरण साधारण सभा गर्ने सस्थाले जनाएको छ ।
कार्यक्रम सस्थाका उपाध्यक्ष बलराम गजुरेलले सन्चालन गर्नु भएको थियो भने सदस्य शान्ता बरालले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।