logo
शुक्रबार, साउन २९ २०८३

श.ध.मा.वि.केर्खाको क्याप्टेनमा भण्डारी र भाईस क्याक्टेनमा थाम्सुहाङ्ग निर्वाचित


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर १७ २०७९

कमल । कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको स्कुल क्याप्टेनमा सुदर्शन भण्डारी र भाईस क्याक्टेनमा लुमेन थाम्सुहाङ्ग निर्वाचित हुनुभएको छ ।
क्याप्टेनमा आफ्ना ४ जना प्रतिष्पर्धिलाई पछि पार्दै ८२ मत प्राप्तगरी भण्डारी स्कुल क्याप्टेनमा निर्वाचित हुनु भएको हो । त्यस्तै भाईस क्याक्टेनमा ७ जना प्रतिष्पर्धिलाई पछि पार्दै ७८ मत प्राप्तगरी थाम्सुहाङ्ग निर्वाचित हुनुभएको हो ।
कक्षा ६ देखी १२ सम्म अध्यायनरत विध्यार्थिलाई सामाजिक विषय अन्तर्गत निर्वाचन सम्बन्धि व्यवहारीक ज्ञान दिनकालागी निर्वाचन प्रणाली मार्फत स्कुल क्याप्टेन र भाईस क्याक्टेन चयन गरिएको समाजिक विषयका शिक्षक सिताराम भट्टराई ले बताउनु भयो ।
कक्षामा सैदान्तिक रुपमा निर्बाचन सम्बन्धि अध्यायन गरेपनि व्यावहारीक रुपमा धेरै फरक भएको अनुभुती गर्न पाउर्द धेरै खुशी लागेको छ । शैदान्तिक रुपमा भन्दा व्यवहारीक रुपमा मतदान अधिकृत भएर कामगर्न पाउँदा आफुमा आत्माविश्वस बढेको मतदान केन्द्र (क) की मतदान अधिकृत श्रीयान्सी ढुङ्गेल बताउनुहुन्छ ।
निर्वाचन अधिकृतले के के गर्नुपर्छ भन्ने बारे कक्षामा शैदान्तिक रुपमा मात्र अध्यायन गरेको थिए आज त्यसलाई व्यवहारीक रुपमा उतार्दै छु । मनमा गल्ति भै हाल्छकी भन्ने हल्का डर पनि छ तर यतिठुलो जिम्मेवारी बहनगर्न पाउँदा आफुलाई खुशी लागेको निर्वाचन अधिकृत समिक्षा राई बताउनुहुन्छ ।
कक्षा ६ देखी १२ सम्ममा जम्मा ३ सय ५५ जना विध्यार्थि मतदाता रहेकोमा २ सय ५५ जना विध्यार्थिले मतदान गरेका थिए । जसमा १ सय ५६ जना छात्रा थिए भने ९९ जना छात्र रहेका थिए। स्कुल क्याप्टेनमा ८ मत बदर भएको थियो भने भाईस क्याक्टेन तर्फ ९ मत बदर भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend