logo
शुक्रबार, साउन २९ २०८३

निर्वाचन परिणममा कुनै दलले बहुमत ल्याउन नसक्दा देश अप्ठायारोमा ः एमाले अध्यक्ष ओली


  • मनकुमार गदाल
  • आइतबार, मंसिर ११ २०७९

कमल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन परिणमले कसैले पनि बहुमत ल्याउन नसक्दा देश अप्ठायारोमा परेको बताउनु भयो ।
मुलुकलाई निर्वाचन परिणमले सही दिशा नडोराएको हुदा बरबादी हुनबाट देशलाई जोगाउने मुख्य जिम्मेवारी मतदाताहरुले एमालेलाई दिएको बताउनु भएको हो ।
एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र न।५ झापाले आज कमल गाउँपालिका वडा न।१ स्थित सरङ्गपाडा बजारमा आयोजित विजय रयालीलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि दलले बहुमत नल्याएको हुदो देशलाई संकटवाट जोगाउने सजकता साथ एमालेले काम गर्ने पनि उहाँले बताउनु भयो ।


निर्वाचन क्षेत्र न।५को प्रतिनिधि सभा सदस्य पदमा भारी बहुमतका साथ निर्वाचित ओलीले झापा ५ मा रहेको मतदातालाई जति सचेत गराउन सकियो तर अन्य क्षेत्रका मतदातालाई सचेत गराउन नसक्दा आएको समस्या भन्नु भयो ।
ओलीले झापा निर्वाचन क्षेत्र न।५९१०का प्रदेश सभा सदस्य निर्वाचित एमाले स्यायी कमिटी सदस्य पदमा निर्वाचित हिक्कम कार्की,झापाकै निर्वाचन क्षेत्र न।५९२०का प्रदेश सदस्य पदमा निर्वाचित पार्टीको एक नम्वर प्रदेश कमिटी सचिवालय सदस्य होम बहादुर थापा सहित कमलको विभिन्न गाउँमा निर्वाचन क्षेत्रबासी आमा बुवा,युवा, महिला र वालवालिका संग भेटघाटमा पुग्नु भएको थियो ।
निर्वाचन क्षेत्रवासीको स्थानिय समस्या कृषि ,प्राविधिक विधालय ,भौतिक पूर्वधार निर्माण ,सडक कालोपत्र ,विजुली , सुकुम्वासी समस्या लगायतका समस्या सामधान गर्दै जाने नेता ओलीले प्रतिवद्धता ब्यक्त गर्नु भयो । प्रदेश सभा सदस्य कार्कीले पनि सभालाई सम्वोधन गर्दै आफूहरुलाई निर्वाचनमा मत दिएर विजयी गराएकोमा क्षेत्रवासीलाई धन्यवाद दिदै भोट माग्दै आउने क्रममा गरेको सबै प्रतिवद्धता ५ वर्ष भित्र पुरा गर्ने बताउनु भएको एमाले कमल गाउँ कमिटी अध्यक्ष प्रेम पोखरेलले जानकारी दिनु भयो ।
कमल गाउँपालिकाको वडान।५ स्थित पाडाजुगीवाट शुरु भएको विजय रयाली गेउरिया ,दही चोक ,कमल १ को सोलमारी ,सरङ्गपाडा ,कमल ४ को छलफल चोक, केराधाप हुदै केर्खामा समापन भएको एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र न।५ झापाका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनु भयो । निर्वाचित सभासदहरुलाई सरङ्गपाडा बजार ब्यवस्थापन समिति र चुलाचुली मोडल क्लव कमलले प्रमाण पत्र सहित सम्मान गरेको छ । ठाउँ–ठाउँमा मतदातहरुले भेटेर स्थानिय समस्या राख्नुको साथै फुलमाला अविर खदा लगाएर विजयी उम्मेदवारहरुलाई स्वागत सम्मान गरेका थिए । सभासदहरुलाई ज्येष्ठहरुले माला लगाइदिएर आशिर्वाद दिएका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend