logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु(फोटो फिचर )


  • उमानाथ भण्डारी
  • शुक्रबार, मंसिर ९ २०७९

कमल । आज बाट देशभर विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।
हरेक वर्ष नोमेम्भर २५ देखी डिसेम्वर १० सम्म विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईन्छ । अभियान मनाउने क्रममा यो वर्ष “सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ झापाको कमल गाउँपालिकाले समेत आज बाट लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरुगरीएको छ ।
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नम्वर ७ स्थित युवा समुहले लैङ्गिक हिंसा सम्बन्धि भावना भण्डारीले मञ्चन गरेको (जीवन भित्रका तस्विर) नामक चेतना मुलक लघु नाटक प्रस्तुत गरिएको थियो ।
नाटकले समाजमा लैङ्गिकतामा आधारमा हुने गरेका भेदभावलाई चित्रण गर्नुका साथै त्यसता विक्रितीलाई समाज बाट कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा समय सान्दर्भिक लघु नाटक प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले आज बाट अभियानको उद्घाटन गरेको छ । यसलाई सबै वडा , टोल विकास सस्था हुर्दै बस्ति बस्ति सम्म पुर्याउन आवश्यक छ । जाहाँ अशिक्षा गरिवी छ । त्यो ठाउँमा बढी हिंसा हुने गर्दछ त्यस्ता ठाउँ र त्यहाँ रहेका हरेक जनमानस सम्म कार्यक्रम पुर्याउन सके मात्र कार्यक्रम समफल हुने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
आज समाजमा जे जति लैङ्गिक हिंसा भएका छन् त्यसको सुरुवात घर बाटै हुने गरेको छ । त्यसैले सबै भन्दा पहिले घर बाट हुने गरेका लैङ्गिक हिंसा बन्द गर्नु पर्छ । आज श्रीमान् श्रीमती, छोराछारी बिचमा समेत हिँसाका घटना प्रशस्तै छन् । त्यसपछि मात्र सामाजिक हिंसा हुने गर्दछ । आज समाजमा स्थापित महिलाहरुले पनि धेरै हिंसा सहेर मात्र त्यो सफलता प्राप्त गर्नु भएको छ । त्यसैले समाजमा हुने गरेका यस्ता लैङ्गिक हिंसाको अन्त्य गाउँपालिका एक्लैले गर्न सक्दैन त्यसका लागी सबै मिलेरमात्र हिंसाको अन्त्यगर्न सकिने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।
त्यसैगरी १ नम्वर वडा अध्यक्ष केदार कटुवाल, प्रहरी चौकी केर्खाका प्रहरी नायव निरीक्षक सुवास मिश्र, लखनपुर खानेपानी सस्थाकी अध्यक्ष उषा भण्डारी ,कमल वाल सन्जालकी सचिव रन्जना बस्नेतले १६ दिने अभियानको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी , टोल विकास सस्थाका प्रतिनिधी,शिक्षक ,विध्यार्थि , महिला स्वयम सेविका लगायतको उपस्थिती रहेको कार्यक्रमको सन्चालन महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्कीले सन्चालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सहभागीलाई शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

कार्यक्रमको अन्यमा मेरो प्रतिबद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न,हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनेर कार्यक्रममा उपस्थित सबैले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend