कमल । सोमवार अपरान्न ४ बजे झापाको कमल गाउँपालिकामा पुग्दा कडा सुरक्षाका बिच निर्वाचन सुरु हुनै लागेको थियो । निर्वाचनमा खटिएका कर्मचारी आफुले पाएको जिम्मेवारी अनुसार आ आफ्नो काममा व्यस्त थिए भने मतदाता कतिखेर आफ्नो पालो आउछ र मतदान गर्न पाईन्छ भनेर लाईनमा उभिएका थिए ।
जब कर्मचारीले मतदान गर्नु भन्दा पहिलेका सबै प्रक्रिया पुरा गरेपछि मतदातालाई मतदान अनुमति दिना साथ सबै भन्दा पहिले गाउँपालिकाका महिला स्वयमसेविका बाट नमुना मतदान गर्न सुरु गरिएकोे थियो ।
यो कुनै वास्तविक निर्वाचन नभएर आगामी मंसिर ४ गते सम्पन्नहुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा खटिने कर्मचारीलाई मतदाता शिक्षा अन्तर्गत नमुना मतदान गराईएको थियो ।
गाउँपालिकाका महिला स्वयम सेविकालाई मतदाता शिक्षाकालागी र परिचालन गरिएको हुनाले उनिहरुले गाउँगाउँमा पुगेर मतदातालाई सहि रुपम मतदान गर्न प्रशिक्षित गर्नुका साथै मतदातालाई बढी भनदा बढी मतदान केन्द्रमा उपस्थित गराएर बदरमत कम गराउने उद्येश्यले नमुना मतदान गरिएको निर्वाचन कार्यालयका कर्मचारी वशिष्ठ अधिकारीले बताउनु भयो ।
निर्वाचन कार्यालयले गरेको नमुना मतदानमा कमल गाउँपालिकाकी उमाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ,वडा अध्यक्ष, कार्यपालिकाका सदस्य तथा कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।