विर्तामाेड । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जादा उमेद्धारहरु आ आफ्नो प्रचार र घरदैलोमा व्यस्त छन । झापामा पनि चुनावी सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन, काँग्रेस महामन्त्री विश्वप्रकास शर्मा, पूर्वमन्त्री एवम् एमालेका प्रभावशाली नेता अग्नी खरेल र अर्का एमाले नेता देवराज घिमिरे जस्ता राजनितिक खेलाडीहरु झापाका विभिन्न क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकाले पनि झापा यतिबेला चासोको केन्द्र बनेको छ ।
झापामा राजनितिका शिर्ष नेताहरु सँगै केही स्वतन्त्र उमेद्धारहरुले आफुलाई चुनावी भिडन्तमा आफुलाई उभ्याएका छन । राजनतिका शिर्ष खेलाडीहरुलाई चुनौती दिनसक्ने देशभरका थोरै स्वतन्त्र उमेद्धारहरु मध्ये झापाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उमेद्धार स्वागत नेपाल हाल चर्चामा छन । उनको चुनावी अभियान देखेर यतिबेला राजानितिक दलहरु चिन्तित छन । हुनत राजनतिक चेतना भएका यूवाहरु माझ स्वागत नेपाल नौलो नाम होईन ।
झापाको क्षेत्र नं २ मा यतिबेला नेपाल सत्ता गठबन्धन दलका लागि टाउको दुखाइ बनिसकेका छन् ।
नेपालको स्पष्ट अडान, राष्ट्रवादी छवी र पुराना राजनितिक दलहरु प्रतिको वितृष्णाका कारण पनि मतदाता माझ नेपाल लोकप्रिय बन्दै गएका छन । खासगरी यूवा मतदाताहरुले नेपालको चुनावी अभियानमा समर्थन जनाएको देखिन्छ । पुराना दलहरुले पटक पटक जनता झुक्याएको भन्दै रुष्ट बनेका यहाँका मतदाता अब स्वागत नेपालको विकल्प नभएको भन्दै उनको पक्षमा खुलेका छन ।
यतिबेला नेपाल झापा २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धन दुवैका लागि टाउको दुखाई बनेका छन । नेपाली काँगे्रस, माओवादी केन्द्र, एकिकृत समाजवादी सहितको गठबन्धनको साझा उमेद्धार बनेका हरी कुमार राना र एमाले राप्रपा गठबन्धनबाट उमेद्धार बनेका एमालेका देवराज घिमिरे दुवैले जित्ने दाबी गरिरहँदा नेपाल उनीहरु दुवैका लागि शसक्त प्रतिस्पर्धी बनेर उभिएका मात्रै छैनन जित्ने आधार समेत बनिसकेको बताउँछन ।
उमेद्धारी मनोनयनको अघिल्लो दिनसम्म एमालेमा रहेका राना आफुले टिकट नपाउने भएपछि माओवादीको चुनाव चिन्ह लिएर गठबन्धनको उमेद्धार बनेका छन् एमालेका घिमिरे पार्टी भित्र लोकप्रिय नेताका रुपमा स्थापित देखिन्छन । एमालेकै यी २ पूर्व सहकर्मीहरुको भिडन्तले पनि झापाको चुनावी अभियान रोचक बन्दै गरेको छ । राईट टु रिजेक्ट र राईट टु रिकल को मुद्धा उठाउँदै आएका नेपालले एमसीसी, एसपीपी, निर्मला हत्या प्रकरण जस्ता राष्ट्रिय मुद्धाहरुमा आफ्नो आवाज शसक्त रुपमा राख्दै आएका छन ।
राजनितिक बेथिती र विसंगतीका बिषयमा बोल्ने मात्र होईन कतिपय जनसरोकारका बिषयमा सर्बोच्च अदालतको आदेश अनुसार कार्यान्वयन समेत गराएका छन । राजनितिमा नदेखिएका तर राजनितिक बिषयवस्तुहरुलाई पेशागत रुपमा नजिकबाट नियालेका नेपालले देशका हितमा जनताको पक्षमा काम गर्नेमा यहाँका यूवाहरु आस्वस्त छन । विद्यालय उमेरदेखी नै विभिन्न संगठन मार्फत राजनितिमा देखिने नयाँ मतदाताहरु पार्टी भन्दा माथी उठेर भोट हाले नेपाललाई जित हासिल गर्न सहज देखिन्छ ।
विभिन्न क्षेत्रमा क्रियाशिल देखिएका नेपाल कहिले अदालतमा देखिन्छन त कहिले सिनेमाको पर्दामा कहिले किताबका पानाहरुमा त कहिले सञ्चार माध्ययमको हेडलाइनमा ।
यसपटक उनी जनताका माझमा देखिएका छन । सञ्चार माध्ययमबाट मात्र देखिएका उनी यसपटक जनताका घरदैलोमा देखिएका छन । जनताका दुःख सुखका कुरा भन्दा पनि राष्ट्रियता र राजनितिका बिषयमा आफ्ना एजेन्डाहरु लिएर भोट मागीरहेका छन ।
सामाजिक संजालमा यूवाहरु नेपालको पक्षमा खुुलेका छन भने आम सञ्चार माध्यमहरु भने दलिय व्यवस्थाकै पक्षमा वकालत गरिरहेका देखिन्छन ।